Home Bibles ☰ Books 1 इतिहास 9:16 · नेपाली बाइबल
1 इतिहास 9:16 · नेपाली बाइबल

ओबदिया शमायाहका छोरा थिए। शमायाह गाललका छोरा थिए। गालाल यदूतूनका छोरा थिए। बेरेक्याह आसाका छोरा थिए। आसा एल्कानाका छोरा थिए। बेरेक्याह नतोपाहतीहरूको नजिकमा बस्थे।

Cross references

1 इतिहास 2:54

यो सल्माका सन्तानहरूको सूची हो- बेतलेहेमबाट मानिसहरू नतोपाती थिए, अतारोत, बेतयोआब, मानहतका आधा जनसंख्याहरू, सोरी मानिसहरू, थिए।

1 इतिहास 12:25

शिमोनका कुल समूहबाट 7,100 मानिसहरू थिए। तिनीहरू युद्धका निम्ति तयार साहासी सैनिकहरू थिए।

1 इतिहास 25:1

दाऊद र सेनापतिहरूले आसापका छोराहरू हेमान अनि यदूतूनलाई विशेष कार्य गर्नका निम्ति छानेका थिए। तिनीहरूको विशेष काम सारङ्गी, वीणा अनि झ्यालीहरूको प्रयोग गरी परमेश्वरको वचनको अगमवाणी गर्नु थियो। यस प्रकारले सेवा गर्ने मानिसहरूको सूची यहाँ छः

1 इतिहास 25:3

यदूतूनका परिवारबाटः गदल्याह, सरी, यशयाह, शिमी, हशबियाह र मत्तित्याह। ती छः जना थिए। यदूतूनले आफ्ना छोराहरूको अगुवाइ गरे। यदूतूनले अगमवाणी गर्नका निम्ति परमप्रभुलाई धन्यवाद दिन र उहाँको स्तुति गर्नका निम्ति वीणाको प्रयोगगरे।

1 इतिहास 25:6

हेमानले परमप्रभुको मन्दिरमा गाउन आफ्ना छोराहरूको अगुवाइ गरे। ती छोराहरूले झ्याली, वीणा अनि साराङ्गीहरू प्रयोग गरे। राजाको आज्ञा अनुसार आसाप यदूत अनि हेमनले परमेश्वरको मन्दिरमा सेवा गर्ने त्यो तिनीहरूको यही तरिका थियो।

2 इतिहास 35:15

आसापका परिवारका लेवी गायकहरू ती स्थानहरूमा गए जो राजा दाऊदले तिनीहरू उभिनका निम्ति चुनेका थिए। ती आसाप, हेमान अनि यदूतून-राजाका अगमवक्ता थिए। प्रत्येक फाटकमा द्वारपालहरूले आफ्ना स्थान छाडनु परेन किनभने तिनीहरूका लेवी दाज्यू-भाइहरूले निस्तार चाडका निम्ति हरेक कुरा तिनीहरूका निम्ति तयार गरेका थिए।

नहेम्याह 7:26

बेतलेहेम अनि नेतोपात शहरहरूका मानिसहरू 188

नहेम्याह 11:17

अनि मतन्याह मीकाका छोरा, जब्दीका छोरा आसापका छोरा, स्तुतिका अगुवा जसले प्रार्थनामा धन्यवाद ज्ञापन गरे, अनि बकबुक्याह तिनका सहयोगीहरूमा दोस्रो अनि अब्दा शम्मूअका छोरा गालालका छोरा यदूतूनका छोरा।

नहेम्याह 12:28

गवैयाहरूलाई यरूशलेम वरिपरिका जिल्लाहरू अनि नतोपातीका गाउँहरू दुवै तिरबाट एकत्र गरियो।

Interlinear

Choose Theme