Home Bibles 1 इतिहास 2:54 · नेपाली बाइबल
1 इतिहास 2:54 · नेपाली बाइबल

यो सल्माका सन्तानहरूको सूची हो- बेतलेहेमबाट मानिसहरू नतोपाती थिए, अतारोत, बेतयोआब, मानहतका आधा जनसंख्याहरू, सोरी मानिसहरू, थिए।

Cross references

यहोशू 16:2

त्यसपछि त्यो सीमाना बेतेल (लाजः देखि अरकीको सीमाना अतारोत तर्फ लगातार गएको थिए।

रूथ 1:1

धेरै अघि न्यायकर्त्ताहरूले शासन गरेको समयमा त्यहाँ नराम्रो समय थियो जब खानका निम्ति पर्याप्त खाद्य थिएन। एलीमेलेक नाउँका एक व्यक्तिले बेतलेहेम, यहूदा छाडे। तिनी, तिनकी पत्नी अनि दुइजना छोराहरू मोआबको पार्वत्य देशमा बसाँई सरेर गए।

2 शमूएल 23:29

नतोपाका बानाका छोरा हेलेब, गिबाका बिन्यामीन परिवार समूहको रीबैका छोरा इत्तै,

1 इतिहास 4:4

पनूएल गदोरका पिता थिए अनि एजेर हूशका पिता थिए।यी हूरका छोराहरू थिए। हूर एप्रातका जेठा छोरा थिए अनि एप्रात बेतलेहेमका संस्थापक थिए।

1 इतिहास 9:16

ओबदिया शमायाहका छोरा थिए। शमायाह गाललका छोरा थिए। गालाल यदूतूनका छोरा थिए। बेरेक्याह आसाका छोरा थिए। आसा एल्कानाका छोरा थिए। बेरेक्याह नतोपाहतीहरूको नजिकमा बस्थे।

1 इतिहास 11:30

नतोपाका महरै; नतोपाकै बानाका छोरा हेलेद,

एज्रा 2:22

नतोपाहका मानिसहरू 56

नहेम्याह 7:26

बेतलेहेम अनि नेतोपात शहरहरूका मानिसहरू 188

नहेम्याह 12:28

गवैयाहरूलाई यरूशलेम वरिपरिका जिल्लाहरू अनि नतोपातीका गाउँहरू दुवै तिरबाट एकत्र गरियो।

Interlinear

Choose Theme