1 इतिहास 9:7 · नेपाली बाइबल
यी मानिसहरू बिन्यामीन कुल समूहका हुन जो यरूशलेममा बस्थे सल्लू मशुल्लामका छोरा थिए। मशुल्लाम होदबियाहका छोरा थिए। होदबियाह हस्सनूआका छोरा थिए।
Cross references
1 इतिहास 8:28
यी सबै मानिसहरू आफ्ना परिवारहरूका अगुवाहरू थिए। तिनीहरूको नाउँ तिनीहरूको वंशावलीको सूचीमा प्रधानहरूको रूपमा राखिएका छन्। तिनीहरू यरूशलेममा बस्थे।
नहेम्याह 8:4
शास्त्री एज्रा एक काठको मचानमा उभिए जो त्यसै अवसरको निम्ति बनाएको थियो। उसको दाहिने तिर मत्तित्याह, शेमा, अनायाह, उरियाह, हिल्कियाह अनि मासेयाह उभिएका, थिए। उसको देब्रेतिर पदायाह, मीशाएल, मल्कियाह, हशूम, हशवदा, जकर्याह अनि मशुल्लाम उभिएको थिए।
नहेम्याह 10:20
मग्पीआश, मशुल्लाम, हेजीर,
नहेम्याह 11:7
यी बिन्यामीनका कुलहरू थिए जो यरूशलेममा बसेः मशुल्लामका छोरा, सल्लू, योएदका छोरा, पदायाहका छोरा, कोलायाहका छोरा, वासेयाहका छोरा, इतीएलका छोरा।