Home Bibles 1 इतिहास 5:22 · नेपाली बाइबल
1 इतिहास 5:22 · नेपाली बाइबल

धेरै हगारीहरू मारिए किनभने परमेश्वरले रूबेनीहरू, गादीहरू र मनश्शेको आधाकुल समूहरूलाई युद्ध जित्न सहायता गर्नुभएको थियो। तब मनश्शे, रूबेन अनि गादका कुल समूहहरूका ती मानिसहरू हगारीहरूको भूमिमा बसे। तिनीहरू त्यहाँ त्यसबेला सम्म बसे जबसम्म इस्राएलका मानिसहरूलाई कैद गरिएका थिएनन्।

Cross references

उत्पत्ति 49:19

“एक हुल डाकुहरूले गादमाथि आक्रमण गर्नेछन्, तर गादले तिनीहरूलाई धपाउने छ।”

यहोशू 23:10

परमप्रभुको सहयोग द्वारा इस्राएलका एक मानिसले शत्रुहरूका हजार सैनिकलाई परास्त गर्न सके। किन? किनभने परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरूको निम्ति लड्नु भएको थियो। परमप्रभुले यसो गर्ने प्रतिज्ञा दिनु भएको थियो।

2 राजा 15:29

अश्शूरका राजा तिग्लत पिलेसेर इस्राएलको विरोधमा युद्ध गर्न आए। इस्राएलका राजा पेकह भएको समय थियो। तिग्लत पिलेसेर इय्योन, आबेल-बेत्माका, यानोह, केदेश, हासोर, गिलाद, गालील अनि नप्तालीका सबै क्षेत्रहरू वसमा लिए। तिग्लत पिलेसेरले ती ठाउँहरूबाट मानिसहरू बन्दीको रूपमा अश्शूर लगे।

2 राजा 17:6

अश्शूरका राजाले इस्राएलका राजा होशेको नवौं वर्षको अवधिमा सामरियालाई कब्जामा लिए। अश्शूरका राजाले धेरै इस्राएलीहरूलाई पक्रे र बन्दीको रूपमा अश्शूर लगे। उनले तिनीहरूलाई हलहमा गोजान, नदीको किनार हाबोर र माहीहरूका शहरहरूमा छोडी दिए।

1 इतिहास 4:41

यो त्यस समय थियो जब हिजकियाह यहूदाका राजा थिए। ती मानिसहरू गदोरमा आए अनि हामीत मानिसहरूसित युद्ध गरे। तिनीहरूले हामीत मानिसहरूका छाउनीहरू नष्ट गरिदिए। ती मानिसहरू मुनि जातिका मानिसहरूसितपनि लडे जो त्यहाँ बस्थे। यी मानिसहरूले समस्त मुनि मानिसहरूलाई परास्त गरे। यो स्थानमा अहिले पनि कुनै मुनि जातिका मानिसहरू छैनन्। यसर्थ ती मानिसहरू त्यहाँ बस्न थाले किनभने त्यो भूमिमा तिनीहरूका भेडाहरूका निम्ति घाँस थियो।

1 इतिहास 5:26

इस्राएलका परमेश्वरले पूललाई युद्धमा जान इच्छुक तुल्याउनु भयो। पू ल अश्शूरका राजा थिए। तिनलाई तिग्लत पिलेसेर पनि भनिन्थ्यो। तिनले मनश्शे, रूबेन अनि गाद कुल समूहका मानिसहरूसित युद्ध गरे। तिनले उनीहरूलाई आफ्ना घर छोड्न बाध्य तुल्याए अनि तिनीहरूलाई कैदी बनाए। पूलले तिनीहरूलाई हलह, हाबोर, हारा अनि गोजान नदी नजिकमा ल्याए। इस्राएलीको कुल समूह ती स्थानहरूमा त्यस समय देखि आजसम्म पनि बसिरहेका छन्।

1 इतिहास 6:26

सोपे एल्कानाका छोरा थिए। नहत सोपेका छोरा थिए।

2 इतिहास 26:7

परमेश्वरले उज्जियाहलाई पलिश्तीहरू अनि गुर-बलमा बस्ने अरबीहरू अनि मूनीहरूको विरूद्धमा युद्ध गर्नमा सहायता दिनुभयो।

2 इतिहास 32:8

अश्शूरका राजाका मानिसहरू मात्र छन्। तर हामी सित परमप्रभु हाम्रा परमेश्वर साथ हुनुहुन्छ। हाम्रा परमेश्वरले हामीलाई सहायता गर्नु हुने छ। हाम्रा लडाईहरू उहाँले लडी दिनु हुनेछ।” यसरी यहूदाका राजा हिजकियाहले मानिसहरूलाई उत्साह दिए अनि तिनीहरूलाई शक्तिशाली अनुभव गराए।

रोमी 8:31

यसकारण यस विषयमा हामीले के भन्ने? यदि परमेश्वर हाम्रो निम्ति हुनुहुन्छ भने, हामीलाई कसले पराजय गर्न सक्छ?

Interlinear

Choose Theme