Home Bibles ☰ Books 1 इतिहास 4:41 · नेपाली बाइबल
1 इतिहास 4:41 · नेपाली बाइबल

यो त्यस समय थियो जब हिजकियाह यहूदाका राजा थिए। ती मानिसहरू गदोरमा आए अनि हामीत मानिसहरूसित युद्ध गरे। तिनीहरूले हामीत मानिसहरूका छाउनीहरू नष्ट गरिदिए। ती मानिसहरू मुनि जातिका मानिसहरूसितपनि लडे जो त्यहाँ बस्थे। यी मानिसहरूले समस्त मुनि मानिसहरूलाई परास्त गरे। यो स्थानमा अहिले पनि कुनै मुनि जातिका मानिसहरू छैनन्। यसर्थ ती मानिसहरू त्यहाँ बस्न थाले किनभने त्यो भूमिमा तिनीहरूका भेडाहरूका निम्ति घाँस थियो।

Cross references

गन्ती 32:1

रूबेन र गाद वंशका मानिसहरूको धेरै धेरै गाई-वस्तुहरू थिए। यसर्थ जब तिनीहरूले याजेर र गिलादको भूमि देखे तिनीहरूले ती ठाँउहरू पशुपालनको निम्ति उपयुक्त सम्झे।

गन्ती 32:4

जुन भूमि परमप्रभुले इस्राएली मानिसहरूको निम्ति जित्नु भएको थियो, ती भूमिहरू पशु पालनको निम्ति उचित रहेकोले र हामी तपाईंको सेवकहरूकहाँ गाई-वस्तु धेरै भएकोले।

न्यायकर्ता 10:12

जब सीदोनी, अमालेकी अनि मिद्यानी मानिसहरूले तिमीहरूलाई दुःख दिए तिमीहरू म प्रति रोयौ। ती मानिसहरूबाट पनि मैले तिमीहरूलाई बचाएँ।

2 राजा 18:8

हिजकियाहले गाजासम्म तथा यसको वरिपरि पलिश्तीलीहरूलाई पराजित गरे। उनले सानो देखि ठूलो सबै पलिश्तीली शहरहरू पराजित गरे।

1 इतिहास 3:13

योतामका छोरा आहाज थिए। आहाजका छोरा हिजकियाह थिए। हिजकियाहका छोरा मनश्शे थिए।

1 इतिहास 4:34

यो सूची ती व्यक्तिहरूको हो जो तिनीहरूका परिवार समूहका प्रधान थिए।

2 इतिहास 14:15

आसाका सेनाले शिविरहरूमा पनि आक्रमण गरे जहाँ गोठालाहरू बस्थे। तिनीहरूले धेरै भेडा र ऊँटहरू लगे। तब, आसाका सेनाहरू यरूशलेम फर्के।आसाका परिवर्त्तनहरू

2 इतिहास 20:1

पछि मोआबी, अम्मोनी अनि केही मिनुई मानिसहरू यहोशापातसित युद्ध शुरू गर्न आए।

यशैया 14:28

आहाज राजा मरेकै वर्षमा यस्तो दुःखको सन्देश प्राप्त भयो।

यर्मिया 49:20

एदोम र तेमानका मानिसहरूका निम्ति परमप्रभुले बनाउनु भएको योजना सुन। तिनीहरूले थुमाहरू घिस्यार्नेछन्। उसले तिमीहरूको खेत सम्पूर्ण नष्ट पार्नेछ।

प्रेरित 17:26

अचानक त्यहाँ ठूलो भूईंचालो आयो जसले जेलको जग पनि हल्लियो। त्यसपछि तुरुन्तै जेलको सबै ढोकाहरू खोलिए। सबै कैदीहरू बाँधिएका साङ्गलाहरूबाट मुक्त भए।

Interlinear

Choose Theme