तब यहोशू रूबेन, गादका कुल समूह अनि मनश्शेका आधा कुल समूहसित बात गरे, यहोशूले भने,
Cross references
तब मोशाले तिनीहरूलाई भने, “यदि तिमीहरू यी सब कामहरू गर्छौ भने यो भूमि तिमीहरूकै हुन्छ। तर तिमीहरूका सेनाहरू परमप्रभु सम्मुख युद्धमा जानै पर्छ।
त्यसपछि यहोशूले रूबेन, गाद अनि मनश्शे कुल समूहहरूका सबै मानिसहरूलाई सभामा बोलाए।
मनश्शे कुल समूहका आधा कुल अनि रूबेन र गादका कुल समूहहरूसित 44,760 साहसी मानिसहरू युद्धका निम्ति तयार थिए। तिनीहरू युद्धमा निपूर्ण थिए। तिनीहरूले ढाल अनि तरवारहरू बोक्थे अनि तिनीहरू धनु काँड चलाउन पनि सिपालु थिए।
यरियाहका 2,700 जना आफन्तहरू थिए, जो शक्तिशाली व्यक्तिहरू परिवारहरूका मुखियाहरू थिए। राजा दाऊदले ती 2,700 जना आफन्तहरूलाई रूबेन, गाद अनि मनश्शेका आधा कुल समूहहरूलाई परमप्रभुको कार्य अनि राजाको काम-काजको हेर चाह गर्नमा अगुवाइ गर्ने जिम्मा दिए।