योताम अनि यारोबामका समयमा यी सबै मानिसहरूका नाउँ गादका वंशावलीका सूचिमा लेखिएका थिए। योताम यहूदाका राजा थिए अनि यारोबाम इस्राएलका राजा थिए।
Cross references
योआश मरे अनि उनलाई पुर्खाहरू सँगै गाडियो। योआशलाई इस्राएलका राजाहरूसँगै सामरियामा गाडियो। योआशका छोरा यारोबाम उनीपछि नयाँ राजा भए।
इस्राएलका राजा योआशका छोरा यारोबामले यहूदाका राजा योआशका छोरा अमस्याहको शासनकालको पन्ध्रौं वर्षमा शासन शुरू गरे। यारोबामले 41 वर्ष शासन गरे।
सबै महान कामहरू जो यारोबामले गरे, ‘इस्राएलका राजाहरूको इतिहास’ पुस्तकमा लेखिएको छ। यसमा यारोबामले इस्राएलका लागि दमीशक र हमात जितेर फिर्ता लिएको कथा सामेल छ। यी शहरहरू यहूदाका थिए।
परमप्रभुले राजा अजर्याहलाई कोर लागेको रोगी बनाउनुभयो। उनी बाचुन्जेलसम्म कोरी भए। अजर्याह बेग्लै घरमा बस्ने गर्दथे। राजाका छोरा योताम राजाको महलको हेरचाह गर्दथे अनि मानिसहरू न्याय विचार गर्दथे।
उजियाहका छोरा योताम यहूदाका राजा भए। रमल्याहका छोरा पेकह इस्राएलका राजा हुँदा दोस्रो वर्षमा यस्तो भयो।
योएलका भाइहरू अनि तिनका सबै परिवार समूहहरूलाई त्यसरी नै लेखिएको छ जसरी वंशावलीको सूचीमा लेखिएको छ यीएल जेठा छोरा थिए, त्यसपछि जकर्याह,
योताम राजा हुँदा पच्चीस वर्षका थिए। तिनले यरूशलेममा सोह्र वर्ष शासन गरे। तिनकी आमाको नाउँ यरूशा थियो। यरूशा सादोककी छोरी थिइन्।