हारून र तिमीले बीस वर्ष र त्यो भन्दा वेशी उमेर भएकाहरू सेनामा जान सक्छन् प्रत्येकको गन्ती गर।
Cross references
तिमीहरूले यो अखमिरी रोटीको पवित्र चाडलाई सम्झना गर्नु पर्छ, कारण यही दिन मैले तिमीहरूलाई मिश्रबाट दल बनाएर बाहिर ल्याए। तिम्रा सन्तानहरू सबैमा सदा-सर्वदा यो एउटा नियम होस्।
गन्ती गरिएकोहरूमा प्रत्येक बीस वर्ष अथवा अधिक उमेर भएकाहरूले यो उपहार चढाउनु पर्छ।
“लेवीहरूको कुलमा सबै वंश तथा परिवार समूहहरू गन्ती गर। एक महिना र यो भन्दा वेशी उमेरको सबै पुरूषहरूको गन्ती गर।”
भेट हुने पालमा सेवा गर्न आउने मध्ये तीस देखि पचास वर्ष उमेर सम्मका मानिसहरूको गन्ती गर।
तिमीहरूको बीचमा प्रत्येक व्यक्ति जो बीस वर्ष अथवा वेशी उमेरको छ अनि मेरो मानिस भनी गन्ती भएको थियो, त्यो यही मरूभूमिमा मर्नेछ। तिमीहरूले म परमप्रभुको विरूद्ध नालिश गर्यौ।
“सम्पूर्ण इस्राएली मानिसहरूको समुदायमा जो बीस वर्ष अथवा वेशी उमेरका छन्। तिनीहरूलाई गन र तिनीहरूलाई लडाँईमा जान उपयुक्त हुने परिवार अनुसार सूची बनाऊ।”
‘बीस अनि बीस भन्दा वेशी उमेर पुगेका मानिसहरू जो मिश्रबाट आएका छन् तिनीहरूलाई मैले अब्राहाम, इसहाक र याकूबलाई दिन्छु भनी शपथ गरेको भूमि देख्न पाउने छैनन्।
मोशा र हारूनको नेतृत्वमा दल-दलमा आएका इस्राएलीहरूको यात्रा विवरण यस प्रकारका छन्। तिनीहरूको यात्रा विवरण सहित यिनै जग्गाहरूबाट यात्रा गरेका हुन्।
“त्यस समयमा मैले ती परिवार समूहलाई यो आज्ञा दिएँ, ‘परमप्रभु तिमीहरूका परमेश्वरले यर्दन नदीको यतापट्टि बस्नलाई भूमि दिनु भएको छ। तर अहिले तिमीहरूका सेनाहरूले हतियार लिनुपर्छ र अरू इस्राएलीहरूलाई नदीको अर्कोपटिसम्म लिएर जाँदै गर्नु पर्छ।
“जब एकजना मानिसले भर्खर विवाह गर्छ उसलाई एक वर्षको निम्ति सेनामा पठाउनु हुँदैन। उसलाई कुनै विशेष काममा पनि लगाउनु हुँदैन। एक वर्षसम्म उसलाई आफ्नै घरमा बस्न दिनु पर्छ र आफ्नी पत्नीलाई खुशी पार्न दिनु पर्छ।
योआबले राजालाई मानिसहरूको स्ची बुझाए। इस्राएलमा जम्मा 8,00,000 मानिसहरूले तरवार चलाउन सक्ने रहेछन्। त्यसरी नै यहूदामा पनि 5,00,000 मानिस रहेछन्।
तिनले भण्डार शहरहरूमा अनेक आपुर्तिहरू राखे। अनि यहोशापातले यरूशलेममा प्रशिक्षित सैनिकहरू राखे।
उज्जियाहसित प्रशिक्षित सैनिकहरूका सेना थिए। ती सैनिकहरूलाई सचिव यीएल अनि अधिकारी मासेयाहले दल-दल पारेर राखेका थिए। हनन्याह तिनीहरूका प्रमुख थिए। यीएल अनि मासेयाहले ती सैनिकहरूको गन्ती गरे अनि तिनीहरूलाई दल, दलमा राखे। हनन्याह राजाका एक अधिकारी थिए।