Home Bibles ☰ Books 1 इतिहास 5:16 · नेपाली बाइबल
1 इतिहास 5:16 · नेपाली बाइबल

गाद परिवार समूहका मानिसहरू गिलाद क्षेत्रमा बस्थे। तिनीहरू बाशानको क्षेत्रमा बाशान वरिपरिका सा-साना शहरहरूमा अनि शारोन क्षेत्रका सीमानासम्म फैलिएका सबै र्खकहरूमा बस्थे।

Cross references

यहोशू 13:24

मोशाले गादका कुल समूहलाई दिएको भूमि यही हो। मोशाले यो भूमि प्रत्येक कुल समूहलाई दिए।

यहोशू 13:28

यी सबै भूमिहरू जो मोशाले गादका कुल समूहलाई दिएका थिए। त्यो भूमिमा सूचीमा भएका सबै शहरहरू सम्मिलित थिए। मोशाले त्यो भूमि प्रत्येक कुल समूहलाई दिएका थिए।

1 इतिहास 27:29

शारोनका शित्रै शारोन वरिपरिका गाई वस्तुका जिम्मा मा थिए। अदूलेका छोरा शापातबेंसीमा गाई वस्तुहरूका जिम्मा मा थिए।

श्रेष्ठगीत 2:1

म भञ्चयाङमा फुल्ने गुलाफ अनि बेंसीमा फुल्ने लिली फूल झैं छु।

यशैया 35:2

जुन ठाउँ एक समय पशुहरूको अधीनमा थियो त्यहाँ अग्ला-अग्ला जल वृक्षहरू हुनेछन्। मरूभूमि फुलेका फूलहरूले भरिपूर्ण हुनेछ अनि यसले आफ्नो खुशीयाली दर्शाउनेछ। यो यस्तो प्रफुल्लित हुँदछ कि मरूभूमि खुशीले नाचिरहेकोछ। मरूभूमि लबानोनको बगेंचा जस्तो हुनेछ। यस्तो हुने नै छ किनभने मानिसहरूले परमप्रभुको महिमा देख्नेछन्। मानिसहरूले हाम्रो परमप्रभुको सुन्दरता देख्नेछन्।

Interlinear

Choose Theme