Home Bibles 2 इतिहास 27:1 · नेपाली बाइबल
2 इतिहास 27:1 · नेपाली बाइबल

योताम राजा हुँदा पच्चीस वर्षका थिए। तिनले यरूशलेममा सोह्र वर्ष शासन गरे। तिनकी आमाको नाउँ यरूशा थियो। यरूशा सादोककी छोरी थिइन्।

Cross references

2 राजा 15:32

उजियाहका छोरा योताम यहूदाका राजा भए। रमल्याहका छोरा पेकह इस्राएलका राजा हुँदा दोस्रो वर्षमा यस्तो भयो।

2 राजा 15:33

योताम 25 वर्षका थिए जब तिनी राजा भए। योतामले यरूशलेममा 16 वर्ष शासन गरे। योतामकी आमाको नाउँ यरूशा थियो, तिनी सादोककी छोरी थिइन।

1 इतिहास 3:12

योआशका छोरा अमस्याह थिए। अमस्याहका छोरा अजर्याह थिए। अजर्याहका छोरा योताम थिए।

2 इतिहास 26:21

उज्जियाह राजा कोरी भएको थियो। तिनी भिन्नै घरमा बस्नु पर्थ्यो। तिनी परमप्रभुको मन्दिरमा प्रेवश गर्न सक्तैन थिए। उज्जियाहका छोरा योतामले राज दरबारलाई नियन्त्रणमा राखे अनि दरबारको निम्ति प्रशासक भए।

2 इतिहास 26:23

उज्जियाहको मृत्यु भयो अनि आफ्ना पिता-पुर्खाहरूका छेउमा गाडिए। उज्जियाहलाई राजाको चिहान नजिकको खुल्ला मैदानमा गाडे। किनभने मानिसहरूले भने, “उज्जियाहलाई कोर निस्केको छ।” अनि उज्जियाहको स्थानमा योताम नयाँ राजा भए। योताम उज्जियाहका छोरा थिए।

2 इतिहास 27:8

योताम पच्चीस वर्षका थिए जब तिनी राजा भए। तिनले यरूशलेममा सोह्र वर्ष सम्म शासन गरे।

यशैया 1:1

यो अमोसको छोरो यशैयाको दर्शन हो। जुन कुराहरू यहूदा र यरूशलेममा हुन आउने थिए। परमेश्वरले ती कुराहरू यशैयालाई देखाउनु भयो। यशैयाले ती दर्शनहरू उज्जियाह योतम, आहाज अनि हिजकियाह यहूदाका राजाहरू भएका समयमा देखे।

होशे 1:1

परमप्रभुको यो वचन बेरीको छोरा होशेकहाँ आयो। यो वचन उज्जियाह, योनाम, आहाज र हिजकियाह यइदाका राजा भएको समयमा प्राप्त भएको थियो। यो त्यस समयको कुरा हो जुन समय योआशका छोरो यारोबाम इस्राएलका राजा थिए।

मीका 1:1

परमप्रभुको यो वचन मीकाकहाँ आयो। यो राजा याताम आहाज र हिजकियाहका समयमा भएको थियो। यी मानिसहरु यहूदाका राजाहरु थिए। मीका मोरेशेत बाट आएका थिए। मीकाले यो दर्शन सामरियार यरूशलेमको बिषयमा देखे।

मत्ती 1:9

ओजिया योआथामका पिता थिए। योआथाम आहाजका पिता थिए। आहाज एजेकियाका पिता थिए।

Interlinear

Choose Theme