Home Bibles 1 इतिहास 4:40 · नेपाली बाइबल
1 इतिहास 4:40 · नेपाली बाइबल

तिनीहरूले त्यहाँ प्रशस्त मात्रामा फलवान भूमि भेट्टाए। भूमि विस्तृत शान्तिपूर्ण अनि सूनसान थियो। अतीतमा यहाँ हामका सन्तानहरू बस्थे।

Cross references

उत्पत्ति 9:22

कनानका बाबु हामले आफ्नो बाबु न्‌हलाई नाङ्गै सुतिरहेको देख्यो र त्यो बाहिर आएर आफ्नो दुवै दाज्यूहरुलाई बाबु नाङ्गै सुतिरहेको कुरो सुनायो। तब शेम र येपेतले एउटा कोट लिएर दुबैजनाको कुममा राखी पछिल्तिरवाट हिंडेर आफ्नो बाबुको नाङ्गो शरीर ढाकिदिए।

उत्पत्ति 10:6

हामका छोराहरु थिए कूश, मिश्र, पूत र कनान।

न्यायकर्ता 18:7

यसर्थ पाँच मानिसहरू हिंडे। तिनीहरू लेश शहरमा आइ पुगे। तिनीहरूले त्यस शहरमा मानिसहरू सुरक्षित बसेका देखे। तिनीहरूलाई सीदोनका मानिसहरूले शासन गर्दथे। हरेक कुरा शान्त अनि चकमन्न थियो। मानिसहरूसित हरेक कुरा प्रशस्त थियो। अनि तिनीहरूलाई कष्ट पुर्याउने कुनै शत्रुहरू छेउमा थिएनन्। तिनीहरू सीदोन शहर देखि टाढा बस्थे अनि अरामका मानिसहरूसँग कुनै सम्झौता थिएन।

भजनसंग्रह 78:51

परमेश्वरले हाम्रो प्रथम जन्मने सन्तानलाई मार्नु भयो। उहाँले हाम्रो पहिले जन्मने सन्तानलाई मार्नभयो।

भजनसंग्रह 105:23

तब इस्राएल मिश्र तर्फ आए, याकूब हामको देशमा बसे।

Interlinear

Choose Theme