1 इतिहास 4:39 · नेपाली बाइबल
तिनीहरू गदोर शहर देखि बाहिर बेंसीको पूर्वतिरको क्षेत्रमा गए। तिनीहरू त्यस स्थानमा आफ्ना भेडा र गाई बस्तुका निम्ति र्खक खोज्न गए।
Cross references
यहोशू 12:13
दबीरका राजा1गेदेरका राजा1
यहोशू 15:58
यहूदाका मानिसहरूलाई यी शहरहरू पनि प्रदान गरिएः हल्हूल, बेत्सर, गदोर,
1 इतिहास 4:4
पनूएल गदोरका पिता थिए अनि एजेर हूशका पिता थिए।यी हूरका छोराहरू थिए। हूर एप्रातका जेठा छोरा थिए अनि एप्रात बेतलेहेमका संस्थापक थिए।
1 इतिहास 4:18
यिश्बह एश्तमोका पिता थिए। अनि उसकी पत्नी यहूदाबाटका थिइन् जसले यरेद, हेबर र यकूतीएल जन्म दिइन्। यरेद गदोरका पता थिए। हेबेर सोकोका पिता थिए अनि यकूतीएल जानोका पिता थिए। यी सबै फिराउनकी छोरी बित्याहका छोराहरू थिए तिनी यहूदाकी पत्नी थिइन्।
1 इतिहास 12:7
योएलह अनि जबदियाह, गेदोर शहरका यरोहामका छोराहरू हुन।