Home Bibles ☰ Books 1 इतिहास 4:1 · नेपाली बाइबल
1 इतिहास 4:1 · नेपाली बाइबल

यो यहूदाका छोराहरूको सूची हो। ती पेरेस, हेस्रोन, कर्मी, हूर अनि शोबाल थिए।

Cross references

उत्पत्ति 38:29

तर त्यस नानीले आफ्नो हात फेरि भित्र पसायो। त्यसपछि दोस्रो नानी पहिले जन्मयो। त्यस बखत सुँडेनीले भनी, “तँ नै पहिले बाहिर आउन समर्थ भइस्।” त्यसकारण उनले त्यस नानीको नाउँ पेरेस राखी।

उत्पत्ति 46:12

यहूदाका छोराहरूः एर, ओनान, शेला, पेरेस अनि जेरह थिए। (एर र ओनान कनानमा हुँदै मरे।) पेरेसका छोराहरूः हेस्रोन, अनि हामूल थिए।

गन्ती 26:19

यहूदाका छोराहरू एर र ओनान थिए र तिनीहरू कनान देशमा मरे।

गन्ती 26:20

तिनीहरूको कुलसमूह अनुसार यहूदाको सन्तान यस प्रकारको थियोःशेलहबाट शेलानीहरूको कुलसमूह, पेरेसबाट पेरेसीहरूको कुलसमूह, जेरहबाट जेरहातीहरूको कुलसमूह भए।

रूथ 4:18

पेरेसको पारिवारिक इतिहास यो होःपेरेस हेस्रोनका पिता थिए।

1 इतिहास 2:3

यहूदाका छोराहरू- एर, ओनान अनि शेला थिए। बतशअ तिनीहरूकी आमा थिइन्। बतशअ कनान देशकी स्त्री थिइन्। परमप्रभुले देख्नु भयो कि यहूदाका जेठा छोरा एर दुष्ट थियो। यसकारण परमप्रभुले एरलाई मारिदिनु भयो।

1 इतिहास 2:4

यहूदाको बुहारी तामारले पेरेस अनि जेरहलाई जन्म दिइन्। यसरी यहूदाका पाँच छोराहरू थिए।

1 इतिहास 2:5

पेरेसका छोराहरू- हेस्रोन र हामूल थिए।

1 इतिहास 2:7

जिम्रीका छोरा कर्मी थिए। कर्मीको छोरा आकान थिए। आकान ती मानिस थिए जसले इस्राएल माथि धेरै कष्ट ल्याएका थिए। आकानले युद्धबाट लिएका चीजहरू राखे। उसले ती सबै चिजहरू परमेश्वरलाई दिनु पर्ने थियो।

1 इतिहास 2:9

हेब्रोनका छोराहरू यरहमेल, राम अनि कालेब थिए। रामका सन्तानहरू

1 इतिहास 2:18

कालेब हेस्रोनका छोरा थिए। कालेबकी पत्नी अजूबाबाट नानीहरू जन्मे। अजूबाको नाउँ यरीओत पनि थियो। अजूबाका छोराहरू येशेर, शोबाब अनि अर्दोन थिए।

1 इतिहास 2:50

यो कालेबका सन्तानहरूको सूचि हो। हूर कालेबका जेठा छोरा थिए। तिनी एप्राताबाट जन्मिएका हुन। हूरका छोराहरू किर्यात-यारीमका संस्थापक शोबाल,

मत्ती 1:3

यहूदा पेरेज र जाराका पिता थिए (तिनीहरूकी आमा तामार थिइन्।) पेरेज हेस्रोनका पिता थिए। हेस्रोन आरामका पिता थिए।

लूका 3:33

नहशोम अम्मीनादबका पुत्र थिए। अम्मीनादाब आरामका पुत्र थिए। आराम हेस्रोनका पुत्र थिए। हेस्रोन फारेसका पुत्र थिए। फारेस यहूदाका पुत्र थिए।

Interlinear

Choose Theme