Home Bibles ☰ Books 1 इतिहास 2:3 · नेपाली बाइबल
1 इतिहास 2:3 · नेपाली बाइबल

यहूदाका छोराहरू- एर, ओनान अनि शेला थिए। बतशअ तिनीहरूकी आमा थिइन्। बतशअ कनान देशकी स्त्री थिइन्। परमप्रभुले देख्नु भयो कि यहूदाका जेठा छोरा एर दुष्ट थियो। यसकारण परमप्रभुले एरलाई मारिदिनु भयो।

Cross references

उत्पत्ति 38:2

यहूदाले त्यहीं कनानी केटीलाई भेट्यो अनि उसलाई विवाह गर्यो। त्यस केटीको बाबुको नाउँ शूआ थियो।

उत्पत्ति 38:3

त्यस कनानी केटीले एउटा छोरो जन्माई। उनले उसको नाउँ एर राखी।

उत्पत्ति 38:4

पछि फेरि अर्को छोरो पाई र उसको नाउँ ओनन राखी।

उत्पत्ति 38:5

पछि फेरि उनले अर्को छोरो जन्माई अनि उसको नाउँ उनले शेलह राखीन्। उसको तेस्रो छोरो जन्मँदा यहूदा कजीबामा थियो।

उत्पत्ति 38:7

तर एरले अत्यन्तै नराम्रो काम गर्यो। परमप्रभु ऊसंग प्रसन्न हुनुभएन। यसकारण परमप्रभुले उसलाई मार्नु भयो।

उत्पत्ति 38:10

यस विषयमा परमप्रभु क्रोधित हुनु भयो। यसकारण परमप्रभुले ओनानलाई पनि मार्नु भयो।

उत्पत्ति 46:12

यहूदाका छोराहरूः एर, ओनान, शेला, पेरेस अनि जेरह थिए। (एर र ओनान कनानमा हुँदै मरे।) पेरेसका छोराहरूः हेस्रोन, अनि हामूल थिए।

गन्ती 26:19

यहूदाका छोराहरू एर र ओनान थिए र तिनीहरू कनान देशमा मरे।

1 इतिहास 4:21

यहूदाका छोरा शेला थिए। शेलाका छोराहरू- एर, लादा, योकीम, कोजेबाका मानिसहरू, योआश अनि साराप थिए। एर लेकाका पिता थिए। लादा मारेशा अनि बेत अश्बेयाम मलमलका लुगा बनाउने परिवार समूहका पिता थिए। योआश अनि सारापले मोआबी स्त्रीहरू विवाह गरे।

1 इतिहास 9:5

शीलोनी मानिसहरू जो यरूशलेममा बस्थे तिनीहरू यी थिएः असायाह सबै भन्दा जेठा छोरा थिए अनि असायाहका छोराहरू। जेरहाका मानिसहरू यी थिए जो यरूशलेममा बस्थे।

Interlinear

Choose Theme