Home Bibles ☰ Books लूका 3:33 · नेपाली बाइबल
लूका 3:33 · नेपाली बाइबल

नहशोम अम्मीनादबका पुत्र थिए। अम्मीनादाब आरामका पुत्र थिए। आराम हेस्रोनका पुत्र थिए। हेस्रोन फारेसका पुत्र थिए। फारेस यहूदाका पुत्र थिए।

Cross references

उत्पत्ति 29:35

त्यसपछि लेआले अझ अर्को छोरो जन्माई र उसको नाउँ यहुदा राखी। लेआले चौथो छोरोको नाउँ यहूदा राखीन् कारण उनले भनीन्, “अब म परमप्रभुको प्रशंसा गर्नेछु।”

उत्पत्ति 38:29

तर त्यस नानीले आफ्नो हात फेरि भित्र पसायो। त्यसपछि दोस्रो नानी पहिले जन्मयो। त्यस बखत सुँडेनीले भनी, “तँ नै पहिले बाहिर आउन समर्थ भइस्।” त्यसकारण उनले त्यस नानीको नाउँ पेरेस राखी।

उत्पत्ति 46:12

यहूदाका छोराहरूः एर, ओनान, शेला, पेरेस अनि जेरह थिए। (एर र ओनान कनानमा हुँदै मरे।) पेरेसका छोराहरूः हेस्रोन, अनि हामूल थिए।

उत्पत्ति 49:8

“हे यहूदा, तेरा दाज्यू-भाइहरूले तेरो प्रशंसा गर्नेछन्। तैंले तेरा शत्रुहरूलाई ध्वंश पार्नेछस्। तेरा दाज्यू-भाइहरू तेरो अघि नतमस्तक हुनेछन्।

गन्ती 26:20

तिनीहरूको कुलसमूह अनुसार यहूदाको सन्तान यस प्रकारको थियोःशेलहबाट शेलानीहरूको कुलसमूह, पेरेसबाट पेरेसीहरूको कुलसमूह, जेरहबाट जेरहातीहरूको कुलसमूह भए।

रूथ 4:12

तामारले यहूदाका छोरा पेरेसलाई जन्म दिईन अनि तिनको परिवार महान बन्यो। त्यही प्रकारले परमप्रभुले तिमीलाई रूथद्वारा धेरै-धेरै सन्तानहरू दिउन्। अनि तिम्रो परिवार उहाँको जस्तै महान बनोस्।”

रूथ 4:19

हेस्रोन एरामका पिता थिए। एराम अम्मीनादाबका पिता थिए।

1 इतिहास 2:4

यहूदाको बुहारी तामारले पेरेस अनि जेरहलाई जन्म दिइन्। यसरी यहूदाका पाँच छोराहरू थिए।

1 इतिहास 2:9

हेब्रोनका छोराहरू यरहमेल, राम अनि कालेब थिए। रामका सन्तानहरू

1 इतिहास 9:4

ऊत्तै अम्मीहूदका छोरा थिए। अम्मीहूद, ओम्रीका छोरा थिए। ओम्री इम्रीका छोरा थिए। इम्री बानीका छोरा थिए। बानी पेरेसका सन्तान थिए। पेरेस यहूदाका छोरा थिए।

मत्ती 1:2

अब्राहाम इसहाकका पिता थिए। इसहाक याकूबका पिता थिए। याकूब यहूदा र उनका दाज्यु-भाइहरूका पिता थिए।

Interlinear

Choose Theme