Home Bibles 1 इतिहास 2:9 · नेपाली बाइबल
1 इतिहास 2:9 · नेपाली बाइबल

हेब्रोनका छोराहरू यरहमेल, राम अनि कालेब थिए। रामका सन्तानहरू

Cross references

रूथ 4:19

हेस्रोन एरामका पिता थिए। एराम अम्मीनादाबका पिता थिए।

1 शमूएल 27:10

दाऊदले धेरै पल्ट यसो गरे। प्रत्येक चोटि नै आकीशले कता कोसँग युद्ध गर्यौ भनेर सोध्थे। दाऊदले भन्थे, “मैले दक्षिणपट्टिको यहूदमाथि अथवा ‘मैले दक्षिणपट्टिको यरहमेलीमा,” अथवा “दक्षिणपट्टिको केनीहरूमाथि आक्रमण गरें।”

1 इतिहास 2:18

कालेब हेस्रोनका छोरा थिए। कालेबकी पत्नी अजूबाबाट नानीहरू जन्मे। अजूबाको नाउँ यरीओत पनि थियो। अजूबाका छोराहरू येशेर, शोबाब अनि अर्दोन थिए।

1 इतिहास 2:24

हेस्रोनको मृत्यु एप्राताको कालेबको शहरमा भयो। तिनको मृत्यु भए पछि, तिनकी पत्नी अबीयाले तिनको निम्ति छोरो जन्माइन्। त्यो छोराको अशहूर नाउँ दिएको थियो अशहूर तकोका पिता थिए। यरहमेलका सन्तानहरू

1 इतिहास 2:25

यरहमेल हेस्रोनका जेठा छोरा थिए। यरहमेलका छोराहरू राम, बूना, ओरेन, ओसेम र अहियाह थिए। राम यरहमेलका जेठा छोरा थिए।

1 इतिहास 2:42

कालेब यरहमेलका भाइ थिए। कालेबका छोराहरू यी थिएः तिनका जेठा छोरा मेशा थिए। मेशा जीपका पिता थिए। मारेशा पनि कालेबका छोरा थिए। मारेशा हेब्रोनका पिता थिए।

मत्ती 1:3

यहूदा पेरेज र जाराका पिता थिए (तिनीहरूकी आमा तामार थिइन्।) पेरेज हेस्रोनका पिता थिए। हेस्रोन आरामका पिता थिए।

लूका 3:3

तिनी यर्दन नदीको वरिपरिको जम्मै स्थानहरूमा गए। तिनीहरूको पाप मोचनको लागि बप्तिस्मा लिएर हृदय र जीवन परिवर्तन गर्ने बारेमा तिनले मानिसहरूलाई प्रचार गर्दै थिए।

Interlinear

Choose Theme