दाऊदका केही छोराहरूः हेब्रोन शहरमा जन्मेका थिए। यो दाऊदका छोराहरूको सूची होः दाऊदका जेठा छोरा अम्मोन हुन। अम्मोनकी आमा अहीनोअम थिइन्। तिनी यिज्रेल शहरकी हुन्। माहिला छोरा दानिएल थिए। तिनकी आमा अबीगेल यहूदाको कर्मेलकी थिइन्।
Cross references
यिज्रेल, योक्दाम, जानोह,
दाऊदले नाबालको मृत्युको खबर सुने। दाऊदले भने, “परमप्रभुको महिमा होस्। नाबालले मेरो विषयमा दुष्ट कुरा गरे, तर परमप्रभु परमेश्वरले मेरो पक्ष लिनुभयो। परमप्रभुले मलाई पाप गर्नबाट बचाउँनु भयो अनि परमप्रभुले नाबाललाई उसका अपराधको निम्ति मृत्यु दण्ड दिनुभयो।”त्यसपछि दाऊदले अबीगेललाई समाचार पठाउनु भयो अनि दाऊदले उनलाई आफ्नी पत्नी हुने प्रस्ताव राख्नुभयो।
दाऊद, तिनका मानिसहरू र तिनका परिवार गातमा आकीशसँग बसे। दाऊदकी दुवै पत्नी तिनीसितै थिए। तिनीहरू यिज्रेली अनहीनोअम अनि कर्मेली अबीगेल थिए। अबीगेल नबालकी विधवा थिईन्।
शाऊलका परिवार र दाऊदका परिवार माझ धेरै लामो समयसम्म युद्ध भयो। दाऊद दिन दिनै बलिया हुँदैथे। उता शाऊलका परिवारहरू भने कमजोर हुँदै गए।
दाऊदका छः जना छोराहरू हेब्रोनमा जन्मे। अम्नोन जेठो छोरा थिए, ऊ अहीनोअमको यिज्रेलीकी छोरा थिए।
दाऊद हेब्रोनदेखि यरूशलेम गए। यरूशलेममा उसले धेरै पत्नीहरू अनि उप-पत्नीहरू पाए। केहि सन्तानहरू यरूशलेममा जन्मिए।
दाऊदका अब्शालोम नामका एका छोरा थिए। अब्शालोमकी सानी बहिनी तामार नामकी थिई। तामार असाध्यै राम्री थिई। दाऊदका अर्का एकजना अम्मोन नाउँ गरेको छोरा थियो जसले तामारसँग प्रेम गरेको थियो।
अब्शालोमका जवान सिपाहीहरूले आदेशको पालन गरे। अम्नोनलाई मारे। दाऊदका अरू छोराहरू आ-आफ्ना खच्चरमा चढेर भागे।
परमप्रभुले मलाई धेरै छोराहरू दिनु भएको छ। अनि ती सबै छोराहरूबाट परमप्रभुले सुलेमानलाई इस्राएलको नयाँ राजा बनाउन निम्ति छान्नुभयो। वास्तवमा, इस्राएल परमप्रभुको राज्य हो।