Cross references
यूसुफका सन्तानले भने, “हाम्रो लागि पर्वतहरू प्रशस्त भूमि हुने छैन, तर हामी ती बेंसीहरूलाई लिन सक्तैनौं कारण बेशानको नजिकै यिर्जेब बेसीमा बस्ने र वरिपरिका गाउँहरूमा बस्ने कनानीका रथहरू छन् (अनि हाम्रो छैनन्।)”
त्यस कुल समूहलाई प्रदान गरिएको भूमि यो होः यिज्रल, कसुल्लोत, शूनेम,
दाऊदले यिज्रेलकी अहीनोमलाई पनि विवाह गरेका थिए। दाऊदका अहीनोम र अबीगेल दुवै पत्नी भए।
दाऊदका केही छोराहरूः हेब्रोन शहरमा जन्मेका थिए। यो दाऊदका छोराहरूको सूची होः दाऊदका जेठा छोरा अम्मोन हुन। अम्मोनकी आमा अहीनोअम थिइन्। तिनी यिज्रेल शहरकी हुन्। माहिला छोरा दानिएल थिए। तिनकी आमा अबीगेल यहूदाको कर्मेलकी थिइन्।
यिश्बह एश्तमोका पिता थिए। अनि उसकी पत्नी यहूदाबाटका थिइन् जसले यरेद, हेबर र यकूतीएल जन्म दिइन्। यरेद गदोरका पता थिए। हेबेर सोकोका पिता थिए अनि यकूतीएल जानोका पिता थिए। यी सबै फिराउनकी छोरी बित्याहका छोराहरू थिए तिनी यहूदाकी पत्नी थिइन्।
हानून अनि जानोहमा बस्ने मानिसहरूले बेंसीको-ढोका मर्मत गरे। तिनीहरूले त्यसलाई फेरि बनाए अनि त्यसका ढोकाहरूमा चुकुल र बारहरू बनाए। तिनीहरूले घुर्याने-मूल-ढोका सम्म 500 गज पर्खाल मर्मत गरे।