दाऊद हेब्रोनदेखि यरूशलेम गए। यरूशलेममा उसले धेरै पत्नीहरू अनि उप-पत्नीहरू पाए। केहि सन्तानहरू यरूशलेममा जन्मिए।
Cross references
अब्राहामको मृत्यु हुनु अघि नै आफ्नो नोकर्नीहरूका छोराहरूलाई केही उपहारहरू दिए अनि तिनीहरूलाई पूर्बतिर पठाइदिए।
राजाले धेरै पत्नीहरू राख्नु हुँदैन, किनभने त्यसले गर्दा उनी परमप्रभुबाटा पर सर्ने छन्। अनि राजाले धेरै सुन र चाँदी राख्नु हुँदैन।
दाऊदले यिज्रेलकी अहीनोमलाई पनि विवाह गरेका थिए। दाऊदका अहीनोम र अबीगेल दुवै पत्नी भए।
त्यस धनी मानिसका धेरै भेडा र पशुहरू थिए।
दाऊदका केही छोराहरूः हेब्रोन शहरमा जन्मेका थिए। यो दाऊदका छोराहरूको सूची होः दाऊदका जेठा छोरा अम्मोन हुन। अम्मोनकी आमा अहीनोअम थिइन्। तिनी यिज्रेल शहरकी हुन्। माहिला छोरा दानिएल थिए। तिनकी आमा अबीगेल यहूदाको कर्मेलकी थिइन्।
तिनीहरू सबै दाऊदका छोराहरू थिए। दाऊदकी उप-पत्नीबाट अन्य छोराहरू थिए। तामार दाऊदकी छोरी थिइन्। दाऊद पछि यहूदाका राजाहरू
दाऊदले यरूशलेम शहरमा धेरै स्त्रीहरूलाई विवाह गरे। अनि तिनका धेरै छोरा छोरीहरू भए।
रहबामले महलतलाई विवाह गरे। तिनका पिता यरीमोत थिए। तिनकी आमा अबीहेल थिइन्। यरीमोत दाऊदका छोरा थिए। अबीहेल एलीआबकी छोरी थिइन्, अनि एलीआब यिशैका छोरा थिए।
अनि अबियाह शक्तिशाली बने। तिनले चौध जना स्त्रीहरू विवाह गरे अनि बाईस जना छोरा र सोह्रजना छोरीहरूका पिता थिए।