Home Bibles हिब्रू 1:5 · नेपाली बाइबल
हिब्रू 1:5 · नेपाली बाइबल

परमेश्वरले यी कुरा कुनै पनि स्वर्गदूतहरूलाई भन्नुभएको थिएन “तिमी मेरा पुत्र हौ, आज म तिम्रो पिता बनेको छु।” भजनसंग्रह 2:7उहाँले कुनै स्वर्गदूतलाई यो कुरो भन्नु भएन “म तिनका पिता बन्नेछु र तिनी मेरा पुत्र बन्नेछन्।”

Cross references

2 शमूएल 7:14

म उसको पिता हुनेछु र उ मेरो छोरा हुनेछ। जब उसले पाप गर्दा, म अरू मानिसहरूद्वारा उसलाई दण्ड दिनेछु। तिनीहरू मेरो यन्त्रहरू हुने छन्।

1 इतिहास 17:13

म उसको पिता हुनेछु अनि उ मेरो छोरा हुनेछ। तेरो अघि शाऊल राजा थियो। अनि मैले मेरो सहयोग शाऊलबाट हटाएँ। तर म तेरो छोरालाई प्रेम गर्न कहिले पनि छाडने छैन।

1 इतिहास 22:10

सुलेमान एउटा हो जसले मेरो निम्ति अवश्यै मन्दिर बनाउनेछ। सुलेमान मेरो छोरा हुनेछ अनि म उसको पिता हुनेछुन्। अनि म उसको राजवंशलाई शक्तिशाली तुल्याउने छु र उसको सन्तानहरूले इस्राएलमा सदासर्वदा शासन गर्ने छ।”‘

1 इतिहास 28:6

परमप्रभुले मलाई भन्नुभयो, ‘दाऊद, तेरो छोरा सुलेमान त्यही एउटा हो जसले मेरो निम्ति मन्दिर र त्यसका चोकहरू बनाउनेछ। किन? किनभने मैले सुलेमानलाई मेरो छोरा हुन चुनेकोछु अनि म त्यसको पिता हुनेछु।

भजनसंग्रह 2:7

अब म तिमीलाई परमप्रभुको करारको विषयमा भन्नेछु। परमप्रभुले मलाई भन्नुभयो, “आज म तिम्रो पिता भएँ, तिमी मेरा पुत्र भयौ।

भजनसंग्रह 89:26

त्‍यसले मलाई यसो भनी पुकार्नेछ, ‘तपाईं मेरा पिता हुनुहुन्‍छ, मेरा परमेश्‍वर र मेरो उद्धारको चट्टान हुनुहुन्‍छ।’

प्रेरित 13:33

हामी तिमीहरूका बालकहरू हौं अनि परमेश्वरले यो प्रतिज्ञा हाम्रा निम्ति येशूलाई मृत्यूबाट बौराइ उठाउनु भएर पूरा गर्नु भएको छ। हामीले भजनसंग्रहमा पनि यो कुरा पढछौः‘तिमीहरू मेरा पुत्र हौ। आज म तिमीहरूका पुर्खा भएँ।

हिब्रू 5:5

उसै गरी ख्रीष्टले प्रधान पूजाहारी हुनलाई अनि त्यसको महिमा पाउनलाई आफैलाई छान्नु भएन। तर परमेश्वरले उहाँलाई छान्नुभयो। परमेश्वरले ख्रीष्टलाई भन्नुभयो“तिमी मेरा पुत्र हौ आजदेखि म तिम्रा पिता भएँ।” भजनसंग्रह 2छ7

Interlinear

Choose Theme