1 इतिहास 19:8 · नेपाली बाइबल
दाऊदले सुने कि अम्मोनी मानिसहरू युद्धका निम्ति तयार हुँदैछन्। यसर्थ तिनले योआब अनि इस्राएलका समस्त सेनालाई अम्मोनी मानिसहरूसित युद्ध गर्न पठाए।
Cross references
2 शमूएल 23:8
तहकमोनि योशैब्बश्शेबेतका अधिकारमा भएका सिपाहीका नामहरू यसप्रकार छन। दाऊदका योशैब्बश्शेबेत तीनजना वीरहरूका कप्तान थिए। योशैब्बश्शेबेतले एकैचोटिमा 800 मानिसहरूलाई मारे।
1 इतिहास 11:6
दाऊदले भने, “त्यो व्यक्ति जसले यबूसी मानिसहरू माथि आक्रमण गर्छ, मेरा सम्पूर्ण सेनाको सेनापति हुनेछ।” यसर्थ योआबले आक्रमणको अगुवाई गरे। योआब सरूयाहका छोरा थिए। योआब सेनाका सेनापति बने।
1 इतिहास 11:10
यो सूची दाऊदका विशेष सेनापतिहरूको हो। यी बीरहरू दाऊदसित तिनका राज्यमा अति शक्तिशाली बने। तिनीहरू र इस्राएलका सबै मानिसहरूले दाऊदलाई सहयोग गरे अनि तिनलाई राजा बनाए। यो परमेश्वरले वचन दिनु भए जस्तै भयो।