Home Bibles ☰ Books 2 शमूएल 23:8 · नेपाली बाइबल
2 शमूएल 23:8 · नेपाली बाइबल

तहकमोनि योशैब्बश्शेबेतका अधिकारमा भएका सिपाहीका नामहरू यसप्रकार छन। दाऊदका योशैब्बश्शेबेत तीनजना वीरहरूका कप्तान थिए। योशैब्बश्शेबेतले एकैचोटिमा 800 मानिसहरूलाई मारे।

Cross references

न्यायकर्ता 15:15

शिमशोनले एउटा मरेको गधाको बङ्गारा भेट्टाए। तिनले त्यो बङ्गारा लिए अनि एक हजार पलिश्ती मानिसहरूलाई त्यसद्वारा हत्या गरिदिए।

2 शमूएल 10:7

दाऊदले यी सबै थाहा पाए। यसैले योआब र धेरै शक्तिशाली सेनालाई पठाए।

1 राजा 1:8

तर धेरै मानिसहरू अदोनियाहले गरेको कामसँग सहमत थिएनन् उनीहरू दाऊदका नै भक्त थिए। उनीहरू पूजाहारी सादोक, यहोयादाका छोरा बनायाह, नातान अगमवक्ता, शिमी, रेई अनि राजा दाऊदका विशेष अगंरक्षकहरू थिए। यसर्थ यी मानिसहरू अदोनियाहको पक्षमा भएनन्।

1 इतिहास 11:10

यो सूची दाऊदका विशेष सेनापतिहरूको हो। यी बीरहरू दाऊदसित तिनका राज्यमा अति शक्तिशाली बने। तिनीहरू र इस्राएलका सबै मानिसहरूले दाऊदलाई सहयोग गरे अनि तिनलाई राजा बनाए। यो परमेश्वरले वचन दिनु भए जस्तै भयो।

1 इतिहास 11:11

यो सूची दाऊदका विशेष सैनिकहरूको होःयाशोबाम हक्मोनी थिए। याशोबाम अधिकारीहरूका अगुवा थिए। याशोबामले एकै पल्टमा तीन सय मानिसहरूलाई आफ्नो भाला प्रयोग गरेर मारे।

1 इतिहास 27:1

यी इस्राएलीहरूको सूची हो जसले सेनामा राजाको सेवा गर्थे। प्रत्येक समूहले प्रत्येक वर्ष एक महीना काम गर्दथै। त्यहाँ परिवारका अगुवाहरू हजार जना सेनाध्यक्षहरू, सहायक सेनाध्यक्षहरू, अधिकारीहरू, जसले राजाको सेवा गर्थे। प्रत्येक सैन्य समूहमा 24,000 मानिसहरू थिए।

1 इतिहास 27:2

याशोबाम पहिलो समूहको पहिलो महीनाको जिम्मामावाल थिए। याशोबाम जब्दीएलका छोरा थिए। याशोबामको समूहमा 24,000 व्यक्तिहरू थिए।

1 इतिहास 27:32

जोनाथन एक बुद्धिमानी, सल्लाहकार र लेखापाल थिए। जोनाथन दाऊदका भतीजा थिए। हक्मोनीका छोरा यहीएल राजाका छोराहरू को हेरचाह गर्दथे।

Interlinear

Choose Theme