Home Bibles ☰ Books 1 इतिहास 19:9 · नेपाली बाइबल
1 इतिहास 19:9 · नेपाली बाइबल

अम्मोनीहरू बाहिर आए अनि युद्धका निम्ति तयार बसे। तिनीहरू शहरद्वारको नजिक थिए। जो राजाहरू सहायता गर्न आएका थिए तिनीहरू आफै बाहिर मैदान तिर बसे।

Cross references

1 शमूएल 17:2

शाऊल र इस्राएली सैनिकहरू पनि एक ठाउँमा भेला भए। तिनीहरूको छाउनी एला बेंसीमा थियो। शाऊलका सैनिकहरूले पंक्ति बाँधे पलिश्तीहरूसित युद्ध गर्न तयार थिए।

2 शमूएल 10:8

अम्मोनीहरू बाहिर आए अनि युद्धको निम्ति तयार भए। तिनीहरू शहरको द्वारमा खडा भए। अरामी सैनिकहरू सोबा र रहोबबाट ती तोब र माका शहरबाट बाहिरका खेतमा जम्मा भएका थिए।

2 शमूएल 18:4

राजाले मानिसहरूलाई भने, “तिमीहरूलाई जे राम्रो लाग्छ म त्यही गर्छु।”तब राजा द्वारमा खडा भए। फौज अघि बड्यो। सय र हजारको समूहमा तिनीहरू हिडे।

1 राजा 20:1

बेन-हदद अरामका राजा थिए। उनले आफ्नो सबै सेनाहरू जम्मा गरे। उनीसँग 32 जना राजाहरू थिए। तिनीहरूसँग घोडा अनि रथहरू थिए। तिनीहरूले सामरिया माथि आक्राामण गरे अनि त्यसको विरोधमा लडाईं गरे।

1 राजा 20:24

तिमीले यही काम गर्नु पर्नेछ। सैनिकहरूलाई आदेश दिने अनुमति 32 जना राजाहरूलाई नदिनु। तिनीहरूको सैनिकहरूलाई सेनापतिहरूले नै नियन्त्रण गरून्।

2 इतिहास 13:3

अबियाहका सेनामा 4,00,000 साहसी सैनिकहरू थिए। अबियाहले त्यस सेनालाई युद्धमा अगुवाइ गरे। यारोबामका सेनामा 8,00,000 साहसी सैनिकहरू थिए। यारोबाम अबियाहसित युद्ध गर्न तयार भए।

2 इतिहास 14:10

आसा जेरा विरूद्ध लडनका निम्ति निक्ले। आसाका सेनाहरू मारेशामा सपाता बेंसीमा युद्धका निम्ति तयार भए।

यशैया 28:6

तब परमप्रभुले मानिसहरूलाई शासन गर्नको लागि न्यायधीशहरूलाई न्यायको ज्ञान दिनु हुनेछ। परमप्रभुले शहरको प्रवेशद्वारमा लडाइँकालागि मानिसहरूलाई शक्ति दिनुहुनेछ।

यर्मिया 50:42

तिनीहरूका सेनाहरूसँग धनुहरू र भालाहरू छन्। सिपाहीहरू निष्ठूर छन्। तिनीहरूमा दया छैन। सैनिकहरू घोडाहरूमा चढेर आउनेछन् अनि तिनीहरूको अवाज समुद्रको गजर्न जस्तै छ। तिनीहरू तिम्रो विरूद्धमा युद्ध गर्न तैयारभई पंक्तिमा बसेका छन। हे बाबेलकी छोरी।

योएल 2:5

तिनीहरुलाई सुन! तिनीहरुको ध्वनि युद्घको समयमा रथ पहाडमा चढ्दा भएको खैला-बैला जस्तै हुन्छ। त्यो आवज भुस जलेर निस्केको आगोको ज्वाला जस्तै छ। एक हुल शक्तिशाली मानिसहरु युद्घका निम्ति तत्पर हुँदाको जस्तै हुनेछ।

Interlinear

Choose Theme