दाऊदले भने, “त्यो व्यक्ति जसले यबूसी मानिसहरू माथि आक्रमण गर्छ, मेरा सम्पूर्ण सेनाको सेनापति हुनेछ।” यसर्थ योआबले आक्रमणको अगुवाई गरे। योआब सरूयाहका छोरा थिए। योआब सेनाका सेनापति बने।
Cross references
कालेबले भने, “म कीर्यत सेपेर माथि आक्रमण गर्न चाहन्छु। म मेरे छोरी अक्सालाई त्यस मानिसलाई दिनेछु जसले आक्रमण गरेर त्यो शहरलाई परास्त गर्छ। म त्यस मानिसलाई मेरो छोरी विवाह गर्न दिनेछु।”
एकजना इस्राएलीले भने, “त्यसलाई देख्यौ त्यसले के गरिरहेछ राम्ररी हेर? त्यो गोल्यत घरि-घरि आएर इस्राएलीहरूलाई यसरी नै गाली गर्छ। जसले यसलाई मार्छ त्यो धेरै धनी हुनेछ। राजा शाऊलले धेरै सम्पत्ति दिनुहुनेछ। शाऊलले उसकी छोरी पनि विवाह गर्न दिनेछन् जसले त्यसलाई मार्न सक्छ। शाऊलले उसको परिवारलाई इस्राएलमा स्वतन्त्र बनाउनेछन्।”
सरूयाहका तीनजना छोराहरू योआब, अबीशै र असाहेल नामका थिए। असाहेल जंगली मृग जस्तै कुद्न सक्थे।
जब अबनेर हेब्रोन पुगे योआबले उसलाई मूल द्वारको छेउमा ऊ सित गोप्य कुरा गर्न भनि लागे अनि योआबले अबनेरको भुँडीमा छुरी हान्यो। अबनेर तत्कालै मरे। अबनेरले योआबका भाई असाहेललाई मारेका थिए। यसकरण अहिले योआबले अबनेरलाई मारे।
सरूयाहका छोरा योआब सेनाका कप्तान थिए। अहिलूदका छोरा यहोशापात लेखपाल थिए।
योआब इस्राएली सेनाका कप्तान थिए। यहोयादाका छोरा बनायाहाले करेती र पलेतीहरूका सेनापति थिए।
यहोयादा र एबीयातारले पछि राजाका सल्लाहकारको रूपमा अहीतोपेलले स्थान लिए। यहोयादा बनायाहका छोरा थिए। योआब राजाका सेनापति थिए।
तर परमेश्वर, तपाईंले हामीलाई त्याग्नु भयो! तपाईं हाम्रो सेनासँग जानु भएन! यसैले यस्तो बलियो र सुरक्षित शहरमा कसले मेरो अगुवाई गर्ला? कसले मलाई एदोमसँग लडाइँ गर्नलाई बाटो देखाउला?