हे परमप्रभु तपाई जस्तो अन्य कोही हुने छैन। तपाई बाहेक अन्य ईश्वर छैन। हामीले कहिले पनि कुनै ईश्वरले यस्तो अद्भुत कार्य गरेको सुनेका छैनौ।
Cross references
“के कतै परमप्रभु जस्तो अन्य देवाताहरू छन्? अँह, तपाईं झै अन्य देवता कतै छैनन्-तपाईं आश्चर्यपूर्ण पवित्र हुनुहुन्छ! तपाईं विष्मय पूर्ण शक्तिशाली हुनुहुन्छ! तपाईं अचम्मको काम गर्नुहुन्छ।
अब म जान्दछु परमप्रभु सबै देवताहरूभन्दा महान हुनुहुन्छ। तिनीहरूले सोचे तिनीहरू नियन्त्रणमा थिए तर परमप्रभुले के गर्नु भयो।”
‘हे परमप्रभु मेरो मालिक! म हजुरको दास हुँ। म जान्दछु तपाईंले गर्न सक्ने लौकिक तथा अलौलिक चीजहरूको केही भाग मात्र (अलिकति) मलाई देखाउनु भएको छ। तपाईंले जुन महान् अनि शक्तिशाली कर्महरू गर्नु भएको छ त्यस्तो गर्न न त पृथ्वीमा न स्वर्गमा कुनै ईश्वरले गर्न सक्छन्।
परमप्रभुले यी सब घट्नाहरू तिमीहरूलाई देखाउनु भयो जसले गर्दा उहाँ परमेश्वर हुनुहुन्छ भनी तिमीहरू जान्नेछौ। उहाँको बराबर अरू कुनै ईश्वर छैन।
“तिमीहरूले बुझ्नु पर्छ अनि मगजमा राख्नु पर्छ, परमप्रभु नै पृथ्वीमा अनि स्वर्गमा परमेश्वर हुनु हुन्छ, अरू परमेश्वर छैनन्।
“यशूरूनमा जस्ता परमेश्वर अरू कोही छैन। परमेश्वर तिमीहरूलाई सहायता गर्नको खातिर आकाशबाट आफ्नो प्रतापमा बादलमाथि चढनुहुन्छ।
परमप्रभु जस्तो पवित्र कोही छैन। तपाईं बाहेक कोही परमेश्वर छैन। हाम्रो परमेश्वर बाहेक यहाँ अरू कुनै आश्रय छैन।
हे परमेश्वर, हामीले तपाईंको विषयमा सुनेका छौं। हाम्रा पिता-पुर्खाहरूको जीवनकालमा तपाईंले के के गर्नुभयो उहाँ बताउनु भयो। तपाईंले धेरै वर्ष अघि गरेका कार्यहरू। तिनीहरूले बताउनु भयो।
हामीले ती कथाहरू सुन्यौ, अनि हामी त्यो राम्रो प्रकारले जान्दछौ। हाम्रा पिता-पुर्खाहरूले यी कथाहरू सुनाए।
हे परमेश्वर, तपाईं झैं अर्को कोही छैन। तपाईंले गर्नु भएको काम अरू कसैले गर्न सक्दैनन्।
किनकि आकाशमा परमेश्वरको तुलना कोसँग गर्न सकिन्छ? स्वर्गीय प्राणीहरूमध्ये को परमप्रभुको समान छ।
हे सर्वशक्तिमान् परमप्रभु परमेश्वर, तपाईंजस्तो को छ र? तपाईं शक्तिशाली हुनुहुन्छ, हे परमप्रभु, र तपाईंको विश्वस्तता तपाईंको चारैतिर छ।
सर्वोच्च परमप्रभु, तपाईं नै वास्तवमा पृथ्वीका शासक हुनुहुन्छ। तपाईं अन्य “देवताहरू” भन्दा धेरै असल हुनहुन्छ।
के तिमी परमेश्वरलाई अन्य केही थोकसँग तुलना गर्न सक्छौ? अँह! के तिमी परमेश्वरको प्रतिरूप बनाउन सक्छौ? अँह।
परमपवित्र परमेश्वरले भन्नुहुन्छ “के कसैसँग तिमीहरू मेरो तुलना गर्न सक्छौ? अँह। मेरो बराबर कोही पनि छैन।