हामीले ती कथाहरू सुन्यौ, अनि हामी त्यो राम्रो प्रकारले जान्दछौ। हाम्रा पिता-पुर्खाहरूले यी कथाहरू सुनाए।
Cross references
अनि तिमीले आफ्नो छोरा-छोरी तथा नाती नातिनाहरूलाई मैले मिश्रमा प्रदर्शन गरेका शक्तिशाली चमत्कारहरू र अन्य चीजहरू भन्न सक्ने छौ। तब तिमीहरू सबैले जान्नेछौ म परमप्रभु हुँ।”
जब तिमीहरूका नानीहरूले तिमीहरूलाई सोध्नेछन्, ‘किन हामी यो चाड मनाउछौं?’
यस दिन तिमीहरूले आफ्नो नानीहरूलाई भन्नु पर्छ, ‘हामी यो भोज खाँदैछौ किनभने आजको दिन परमप्रभुले हामीहरूलाई मिश्रबाट बाहिर ल्याउनु भएको थियो।’
“भविष्यमा तिमीहरूका सन्तानले सोध्न सक्छन् तिमीहरूले यस्तो किन गर्छौ। अनि तिमीहरूको उत्तर हुनेछ, ‘हामीहरू मिश्र देशमा कमारा-कमारी थियौं अनि परमप्रभुले उहाँको शक्ति प्रयोग गरी हामीलाई यहाँ ल्याउनु भयो।
अय्यूबले भन्यो, “यी सबै मैले पहिल्यै देखेको छु। तिमीले भनेका सबै कुरा पहिल्यै सुनेको छु। म ती सबै कुराहरू बुझ्छु।
हे परमेश्वर, हामीले तपाईंको विषयमा सुनेका छौं। हाम्रा पिता-पुर्खाहरूको जीवनकालमा तपाईंले के के गर्नुभयो उहाँ बताउनु भयो। तपाईंले धेरै वर्ष अघि गरेका कार्यहरू। तिनीहरूले बताउनु भयो।
हो, हामीले तपाईंको महान् शक्तिका कथाहरू सुनेका छौं। तर यसलाई हामीले हाम्रो परमेश्वरको शहरमा पनि देख्यौं, सर्वशक्तिमान् परमेश्वरको शहरलाई उहाँले अनन्त सम्मको लागि बलियो बनाउनु भयो!
परमप्रभु, तपाईंले गर्नु वा रच्नुभएको कार्यहरूका निम्ति मानिसहरूले सर्वदा र अनन्तरूपमा प्रशंसा गर्नेछन्।
मानिसहरू जो जीउँदा छन् म जस्तै के आज ती मानिसहरूले तपाईंको गुण गाउनेछन्। पिताले भन्न सक्नु पर्दछ उनका छोरा छोरीहरूलाई कि तपाईं विश्वासयोग्य हुनुहुन्छ।”