Home Bibles यशैया 40:18 · नेपाली बाइबल
यशैया 40:18 · नेपाली बाइबल

के तिमी परमेश्वरलाई अन्य केही थोकसँग तुलना गर्न सक्छौ? अँह! के तिमी परमेश्वरको प्रतिरूप बनाउन सक्छौ? अँह।

Cross references

प्रस्थान 8:10

फिरऊनले भने, “भोलिसम्म।”मोशाले भने, “तपाईंले जे भन्नु भयो त्यसै हुनेछ। यसरी तपाईंले जान्नु हुनेछ, त्यहाँ कोही परमप्रभु हाम्रा परमेश्वर जस्तो छैन,

प्रस्थान 9:14

यदि मेरा मानिसहरूलाई यसो गर्न दिएनौ भने म मेरो सम्पूर्ण शक्ति तिमी, तिम्रा मानिसहरू अनि तिम्रा अधिकारीहरूमाथि प्रयोग गर्नेछु। तब तिमीले जान्ने छौ संसारमा म जस्तो परमेश्वर अरू छैन।

प्रस्थान 15:11

“के कतै परमप्रभु जस्तो अन्य देवाताहरू छन्? अँह, तपाईं झै अन्य देवता कतै छैनन्-तपाईं आश्चर्यपूर्ण पवित्र हुनुहुन्छ! तपाईं विष्मय पूर्ण शक्तिशाली हुनुहुन्छ! तपाईं अचम्मको काम गर्नुहुन्छ।

प्रस्थान 20:4

“तिमीहरूले कुनै मूर्ति बनाउनु हुँदैन। कुनै प्रकारको मूर्ति अथवा नक्सा नबनाऊ जो आकाशमा अथवा तल पृथ्वीमाथि, पृथ्वी मुनि पानीमा छ।

व्यवस्था 33:26

“यशूरूनमा जस्ता परमेश्वर अरू कोही छैन। परमेश्वर तिमीहरूलाई सहायता गर्नको खातिर आकाशबाट आफ्नो प्रतापमा बादलमाथि चढनुहुन्छ।

1 शमूएल 2:2

परमप्रभु जस्तो पवित्र कोही छैन। तपाईं बाहेक कोही परमेश्वर छैन। हाम्रो परमेश्वर बाहेक यहाँ अरू कुनै आश्रय छैन।

अय्यूब 40:9

के तिम्रो पाखुराहरू परमेश्वरको पाखुरा भन्दा बलियो छ? परमेश्वरको आवाज जस्तै तिम्रो आवाज छ जुन मेघ गर्जन जस्तो ध्वनि छ?

भजनसंग्रह 86:8

हे परमेश्वर, तपाईं झैं अर्को कोही छैन। तपाईंले गर्नु भएको काम अरू कसैले गर्न सक्दैनन्।

भजनसंग्रह 89:6

किनकि आकाशमा परमेश्‍वरको तुलना कोसँग गर्न सकिन्‍छ? स्‍वर्गीय प्राणीहरूमध्‍ये को परमप्रभुको समान छ।

भजनसंग्रह 89:7

पवित्र जनहरूको सभामा परमेश्‍वरको भय साह्रै मानिएको छ। उहाँको वरिपरि हुनेहरूमध्‍ये उहाँ धेरै विस्‍मयकर हुनुहुन्‍छ।

भजनसंग्रह 89:8

हे सर्वशक्तिमान्‌ परमप्रभु परमेश्‍वर, तपाईंजस्‍तो को छ र? तपाईं शक्तिशाली हुनुहुन्‍छ, हे परमप्रभु, र तपाईंको विश्‍वस्‍तता तपाईंको चारैतिर छ।

भजनसंग्रह 113:5

कुनै मानिस पनि हाम्रो परमप्रभु परमेश्वर जस्तो छैन। परमेश्वरमाथि स्वर्गमा बस्नु हुन्छ।

यशैया 40:25

परमपवित्र परमेश्वरले भन्नुहुन्छ “के कसैसँग तिमीहरू मेरो तुलना गर्न सक्छौ? अँह। मेरो बराबर कोही पनि छैन।

यशैया 44:6

परमप्रभु इस्राएलको राजा हुनुहुन्छ। सेनाहरूका परमप्रभुले इस्राएललाई बचाउनु हुनेछ। परप्रभुले भन्नु हुन्छ, “म केवल परमेश्वर हुँ। यहाँ अरू कोही देवताहरू छैनन्। म नै आदि हुँ र म नै अन्त हुँ।

यशैया 46:5

“के तिमीहरू मलाई अरू कुनै चीजसित तुलना गर्न सक्छौ? अहँ कोही पनि मेरो बराबर छैन। म जस्तो कोही छैन्।

यशैया 46:9

त्यो धेरै र्बष अघाडी घटेको घटना सम्झ। सम्झ म परमेश्वर हुँ। त्यहाँ अन्य कोही परमेश्वर छैन्। ती झूटा देवताहरू म जस्ता छैनन्।

यर्मिया 10:1

हे इस्राएलका मानिसहरू, परमप्रभुको वचन सुन।

यर्मिया 10:6

हे परमप्रभु, तपाईं जस्तो कोही पनि छैन! तपाईं महान हुनुहुन्छ अनि तपाईंको नाउँ महान र शक्तिशाली छ।

यर्मिया 10:16

तर याकूबका परमप्रभु ती मूर्तिहरू जस्ता हुनुहुन्न। परमप्रभुले सबै थोक बनाउनु भयो अनि परमप्रभुले इस्राएल परिवारलाई परमप्रभुले उहाँको आफ्नै मानिसहरू भनी रोज्नु भयो। परमेश्वरको नाउँ “सेनाहरूका परमप्रभु” हो।

मीका 7:18

तपाईं जस्तो परमेश्वर अरु छैनन्। तपाईंले पापीहरुलाई क्षमा गरिदिनुहुन्छ। तपाईंले आफ्नो बाँचेका मानिसहरुका पाप क्षमा गरिदिनुहुन्छ। तपाईले आफ्ने रिसलाई राखिराख्नु हुन्न किनकि तपाईं सधैं दया गर्न रूचाउनु हुन्छ।

प्रेरित 17:29

जेल अधिकारीले बत्ती ल्याउन आदेश गरे। त्यसपछि उ डरले काम्दै भित्र दौड्यो उ पावल र सिलासको सामु लड्यो।

कलस्सी 1:15

परमेश्वरलाई कसैले देख्न सक्दैन। तर परमेश्वर हुबहु येशू हुनुहुन्छ। सृष्टिका सम्मूर्ण थोकमाथि येशू शासक हुनुहुन्छ।

हिब्रू 1:3

पुत्रले परमेश्वरको महिमा प्रतिबिम्बित गर्नुहुन्छ। उहाँ परमेश्वरको स्वभावको पूर्ण प्रतिरूप हुनुहुन्छ। उहाँले हरेक कुरालाई आफ्नो शक्तिशाली आदेशको अधीनमा राख्नुहुन्छ। उहाँले मानिसहलाई उनीहरूको पापहरूदेखि शुद्ध तुल्याउनु भयो र स्वर्गमा परमेश्वरको दाहिने हातपट्टि बस्नुभयो।

Interlinear

Choose Theme