‘हे परमप्रभु मेरो मालिक! म हजुरको दास हुँ। म जान्दछु तपाईंले गर्न सक्ने लौकिक तथा अलौलिक चीजहरूको केही भाग मात्र (अलिकति) मलाई देखाउनु भएको छ। तपाईंले जुन महान् अनि शक्तिशाली कर्महरू गर्नु भएको छ त्यस्तो गर्न न त पृथ्वीमा न स्वर्गमा कुनै ईश्वरले गर्न सक्छन्।
Cross references
“के कतै परमप्रभु जस्तो अन्य देवाताहरू छन्? अँह, तपाईं झै अन्य देवता कतै छैनन्-तपाईं आश्चर्यपूर्ण पवित्र हुनुहुन्छ! तपाईं विष्मय पूर्ण शक्तिशाली हुनुहुन्छ! तपाईं अचम्मको काम गर्नुहुन्छ।
याकूबका मानिसहरूलाई परास्त गर्ने अर्को कुनै शक्ति छैन। कुनै यस्तो उपाए छैन कि इस्राएलका मानिसहरूलाई रोक्न सकोस्। याकूब र इस्राएली मानिसहरूको विषयमा, मानिसहरू भन्दछन्, ‘परमेश्वरको महान सृष्टिलाई हेर!’
परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई सिकाउनु भएको ती सबै महान् कुराहरू आज सम्झना गर। ती सब कुराहरू हुँदा तिमीहरू थियौ तर तिमीहरूका नानीहरू होइनन्। तिमीहरूले परमप्रभु कति शक्तिशाली, कति महान् र उहाँले गर्नु भएको महान् कामहरू देख्यौ।
परमप्रभु मेरो मालिक यही कारणले तपाईं महान् हुनुहुन्छ। तपाईं अद्वितीय हुनुहुन्छ। तपाईंबाहेक अर्को परमेश्वर छैन। हामीलाई थाहा छ कारण हामीले यी सब तपाईंले गर्नु भएका कार्यहरू सुन्यौ।
अब, हे परमेश्वर, महान परमेश्वर, शक्तिशाली अनि भय योग्य परमेश्वर, जसले उहाँका करार प्रेममय विश्वास सँग पालन गर्नुहुन्छ, हाम्रो कष्टहरूलाई साधारण नसम्झनु त्यो कठिनाई हामीमाथि आएको थियो, हाम्रा राजाहरूले, हाम्रा पूजाहारीहरूले, हाम्रा अगमवक्ताहरूले, हाम्रा पिता-पुर्खाहरूले तपाईंका सम्पूर्ण मानिसहरूले अश्शूरका राजाहरूको समय देखि लिएर आज सम्म सहे।
मेरो सम्पूर्ण शरीर र आत्माले भन्नेछ, “हे परमप्रभु! तपाईं परमेश्वर जस्तो हुनुहुन्छ, तपाईं ती बलिया मानिसहरू माझका कमजोर मानिसहरूलाई बचाउनु होस् तपाईंले ती बलिया मानिसहरूबाट सामानहरू थुतेर ती खाँचोमा परेका गरीब मानिसहरूलाई दिनुभयो।”
हे परमेश्वर, तपाईंको उपकार आकाशभन्दा माथि छ। परमेश्वर, तपाईं बाहेक यहाँ कोही पनि छैन तपाईंले अद्भूत कामहरू गर्नुभयो।
हे परमेश्वर, तपाईं झैं अर्को कोही छैन। तपाईंले गर्नु भएको काम अरू कसैले गर्न सक्दैनन्।
किनकि आकाशमा परमेश्वरको तुलना कोसँग गर्न सकिन्छ? स्वर्गीय प्राणीहरूमध्ये को परमप्रभुको समान छ।
हे सर्वशक्तिमान् परमप्रभु परमेश्वर, तपाईंजस्तो को छ र? तपाईं शक्तिशाली हुनुहुन्छ, हे परमप्रभु, र तपाईंको विश्वस्तता तपाईंको चारैतिर छ।
कुनै मानिसले पनि उहाँ कति महान् हुनुहुन्छ, भनेर वर्णन गर्न सक्दैन्। कसैले पनि परमप्रभु पराक्रमको घोषणा गर्न सक्दैन्।
परमप्रभु महान् हुनुहुन्छ मानिसहरू उहाँको अत्यन्त गुणगान गर्दछन् उहाँले गर्नु वा रच्नुभएको महान् चीजहरू हामी गन्न पनि सक्तैनौं।
हे परमप्रभु, मानिसहरूले तपाईंका आश्चर्यजनक कार्यहरूको बारेमा भन्नेछन्। म तपाईंले गर्नु भएको महान् कार्यहरूको बारेमा भन्नेछु।
के तिमी परमेश्वरलाई अन्य केही थोकसँग तुलना गर्न सक्छौ? अँह! के तिमी परमेश्वरको प्रतिरूप बनाउन सक्छौ? अँह।
परमपवित्र परमेश्वरले भन्नुहुन्छ “के कसैसँग तिमीहरू मेरो तुलना गर्न सक्छौ? अँह। मेरो बराबर कोही पनि छैन।