Home Bibles ☰ Books 1 इतिहास 16:6 · नेपाली बाइबल
1 इतिहास 16:6 · नेपाली बाइबल

बनायाह अनि यहजीएल पूजाहारीहरू थिए जसले सदैव करारको सन्दूक अघि तुरही बजाउथे।

Cross references

गन्ती 10:8

हारूनका छोराहरू, पूजाहारीहरूले तुरही फुक्नु पर्छ। तिमीहरूको सन्तानको निम्ति यो नियम हुनेछ।

1 इतिहास 15:18

तिनीहरूको परिवारमा दोस्रो दर्जाका थिए। तिनीहरू जकर्याह, याजीएल, शमीरामोत, यहीएल, उन्नी, एलीआब, बनायाह, मासेयाह, मत्तित्याह, एलीपलेहु, मिक्नेयाह ओबेद एदोम र यीएल यी मानिसहरू द्वार पालहरू थिए।

2 इतिहास 5:12

लेवी गायकहरू वेदीका पूर्वतर्फ उभीए। आसाप, हेमान अनि यदूतूनका सबै गायक समूहहरू त्यहां थिए। तिनीहरूका छोरा अनि आफन्तहरू पनि त्यहाँ थिए। ती लेवी गायकहरू सेतो मलमलका पोशाकमा थिए। तिनीहरू सित झ्याम्टा, वीणा र सारङ्गीहरू थिए। त्यहाँ 120 पूजाहारीहरू ती लेवी गायकहरू साथ थिए। ती 120 पूजाहारीहरूले तुरही बजाए।

2 इतिहास 13:12

परमेश्वर स्वयं हाम्रो साथ हुनु हुन्छ। उहाँ हाम्रा शासक हुनु हुन्छ अनि उहाँका पूजाहारीहरू हामीसित छन्। परमेश्वरका पूजाहारीहरूले तिमीहरूलाई व्यूँझाउन् अनि तिमीहरूलाई उहाँको आगमनमा उत्तेजित तुल्याउनका निम्ति आफ्ना तुरही बजाउँछन्। इस्राएलका मानिसहरू हो, तिम्रा पुर्खाहरूका परमप्रभु परमेश्वरको विरूद्ध नलड। तिमीहरू सफल हुने छैनौं।”

2 इतिहास 29:26

यसर्थ लेवीहरू दाऊदका वाद्य यन्त्रहरू सहित अनि पूजाहारीहरू आफ्ना तुरहीहरू सहित उभिए।

Interlinear

Choose Theme