यो मानिसहरूको सूची थियो जो दाऊद कहाँ समिलित हुन आएका थिए जब तिनी सिक्लगमा थिए। यो त्यस समयको कुरा थियो जब दाऊद कीशका छोरा शाऊलबाट लुकेका थिए। यी मानिसहरूले दाऊदलाई युद्धमा सहायता गरेका थिए।
Cross references
यसरी दाऊद र तिनका 600 मानिसहरूले इस्राएल त्यागे। तिनीहरू माओकका छोरा आकीशकाँ गए। आकीश गातका राजा थिए,
त्यस दिन आकीशले दाऊदलाई सिकलग शहर दिए। सिकलग चाहि त्यही दिन देखि यहूदा राजाहरूको वंशमा रहेकोछ।
दाऊदले अमालेकीहरूलाई हराएर पछि सिकलग गए। यो शाऊलको मृत्यु भएको केही दिन पछिको कुरा हो। दाऊद त्यहाँ दुइ दिन बसे।
दाऊदले तिनका मानिस र उनीहरूका परिवारलाई पनि ल्याए। तिनी सबै हेब्रोन शहरको छेउछाउमा बसे।
तर पहिले एकपल्ट एउटाले सोच्यो यो समचार मेरो निम्ति असल थियो र भन्यो, उसले भन्यो, ‘हेर्नु होस् शाऊल मर्यो।’ उसले सोच्यो यो खबर सुनेर म उसलाई उचित पुरस्कार दिन्छु। तर मैले त्यसलाई सिकलगमा मारिदिएँ।
नेर कीशका पिता थिए। कीश शाऊलका पिता थिए अनि शाऊल जोनाथन, मल्कीशू, अबीनादाब अनि एश्बालका पिता थिए।
नेर कीशका पिता थिए। कीश शाऊलका पिता थिए अनि शाऊल जोनाथन, मल्कीशू, अबीनादाब अनि एश्बालका पिता थिए।
यो सूची दाऊदका विशेष सेनापतिहरूको हो। यी बीरहरू दाऊदसित तिनका राज्यमा अति शक्तिशाली बने। तिनीहरू र इस्राएलका सबै मानिसहरूले दाऊदलाई सहयोग गरे अनि तिनलाई राजा बनाए। यो परमेश्वरले वचन दिनु भए जस्तै भयो।
दाऊदले भने, “परमेश्वर, म यो पानी पिउँन सक्तिनँ। यो पानी मैले पिएँ भने ती व्यक्तिहरूको रगत पिएको जस्तो हुनेछ जसले मेरो निम्ति यो पानी ल्याउँन आफ्ना जीवन खतरामा पारे।” त्यस कारण दाऊदले पानी पिउन अस्वीकार गरे। ती तीन जना वीरहरूले यस्ता अनेक साहसी कार्यहरू गरे।
बनायाह यहोयादाका छोराले अनेक यस्ता साहसी कार्य गरे। बनायाह ती तीन वीरहरू जस्तै प्रसिद्ध थिए।