केही नराम्रो घटना तिनीहरूमाथि घट्नेछ भनी ती मानिसहरूलाई होशियार गराऊ। संसारका सारा मानिसहरूले तिनीहरूमाथि घटने घट्ना हेर्नेछन्। पर्वतमाथि स्पष्ट रूपमा उठेको झण्डा झैं तिनीहरूले त्यो घटना देख्नेछन्। ती अग्ला मानिसहरूमाथि त्यस्तो घटना घट्न गएको खबर पृथ्वीका सबै मानिसहरूले सुन्नेछन्। युद्ध प्रारम्भ हुनु अघि फुकेको तुरहीको आवाज जस्तै स्पष्ट रूपमा तिनीहरूले सुन्नेछन्।
Cross references
तिमीहरू सबै जाति-जातिहरू यसलाई ध्यान दिएर सुन। पृथ्वीमा भएका सबै मानिसहरू यसलाई ध्यान दिएर सुन।
परमप्रभु, देवताहरूका पनि परमेश्वर बोल्नु भयो। सूर्योदयदेखि र सूर्यास्तसम्म उहाँले सबैलाई पृथ्वीमा बोलाउनु भयो।
हे, आकाश र पृथ्वी परमप्रभुको कुरालाई ध्यान लगाएर सुन! परमप्रभु भन्नु हुन्छ,“मैले मेरा नानीहरूलाई पालन-पोषण गरें। मैले तिनीहरूलाई हुर्काएँ, बढाएँ तर तिनीहरू नै मेरो विरोधी भए।
हेर! परमेश्वरले पृथ्वीका सबै जातिहरूलाई चिन्ह दिइरहनु भएको छ। परमेश्वरले झण्डा उठाइरहनु भएको छ साथै ती टाढा-टाढाका मानिसहरूलाई बोलाउनलाई सुसेली मार्नु हुँदैछ। शत्रुहरू टाढा-टाढा ठाउँबाट आइरहेकोछन्। शत्रु छिट्टै देशभित्र पस्नेछ। तिनीहरू छिट्टो-छिटो हिंडिरहेका छन्।
“त्यसबेला, परमप्रभले ‘झींगालाई’ (अहिले त्यो ‘झींगा’ मिश्रदेशको नजिको खोला हो) डाक्नु हुनेछ। अनि परमप्रभुले ‘मौरीलाई’ डाक्नु हुनेछ। (त्यो ‘मौरी’ अहिले अश्शूर देशलाई भनिन्छ) यी शत्रुहरू तिम्रो भूमिमा आउनेछन्।
परमेश्वरले यो “झण्डा” सबै मानिसहरूकोलागि एउटा चिन्ह स्वरूप उठाउनु हुनेछ। इस्राएल र यहूदाका मानिसहरू जो जबरजस्ती निकालिएका थिए, ती मानिसहरू पृथ्वीभरि टाढा सम्म वरिपरि यत्र-तत्र छरिएका थिए। तर तिनीहरूलाई परमेश्वरले एकजुट पार्नु हुनेछ।
“त्यस पर्वतमाथि यी झण्डा उठाऊ जहाँ केही पनि उब्जिन्दैन्। मानिसहरूलाई बोलाऊ। तिम्रा हातहरू हल्लाऊ। तिनीहरूका प्रमुख मानिसहरूलाई प्रवेशद्वारहरूबाट छिर्नु भन!”
“त्यहाँ पर्वतहरूमा ठूलो हल्ला छ। ध्यान लगाएर हल्ला सुन्। यो धेरै राष्ट्रहरूका मानिसहरूको हल्ला जस्तो छ। सेनाहरूका परमप्रभुले आफ्ना सैनिकहरूलाई एक साथ बोलाइरहनु भएको छ।
तर परमप्रभु, तपाईं तिनीहरूलाई दण्ड दिन तयार हुनुहुन्छ, तर तिनीहरू यसलाई देख्दैनन्। तिनीहरूले आफ्ना मानिसहरूप्रति तपाईंको गहिरो प्रेम देख्छन्। निश्चय नै दुष्ट मानिसहरू लज्जित हुनेछन्। निश्चयनै तपाईंका शत्रुहरू आफ्नै आगोमा जल्ने छन्।
ए देश, ए देश! परमप्रभुको सन्देश ध्यान दिएर सुन्।
के युद्धको तुरहीको ध्वनी सुनेर मानिसहरु डराउँदैनन्? अनि यदि शहरमा कष्टहरु आउँछ भनेत्यो परमप्रभुद्वारा पठाइएको हो।
परमप्रभु आफ्ना मानिसहरुलाई आरोप गर्नु हुन्छ। पहाडहरु आफ्ना परमप्रभुको आरोप सुन, अटल रहने पृथ्वीका जगहरु हो, परमप्रभुको आरोप सुन, उहाँले प्रमाणित गर्नुहुनेछ कि इस्राएल देषी छ।”
परमप्रभुको आवाजले यरूशलेम शहरलाई बोलाउँदैछः उहाँ भन्नुहुन्छ, “ज्ञानी मानिसले परमप्रभुको नाउँलाई सम्मान गर्छ। यसकारण तिमी जातिहरु र तिमीहरु जो यहाँ जम्मा भएकाहरु हो ध्यन देऊ।
परमप्रभु तिनीहरू अघि प्रकट हुनुहुनेछ अनि आफ्नो काँड बिजुली चम्के जस्तै चलाउँनु हुनेछ। परमप्रभु परमेशवरले तुरही बजाउँनुहुनेछ अनि सेनाहरू मरूभूमिमा आँधिजस्तै अघाडी बढ्नेछन्।
उ जसले सुन्न सक्छ मेरो कुरा सुन।’
तर तिमीहरू धन्य छौ किनभने तिम्रा आँखाहरूले देख्न सक्छन्, अनि तिम्रा कानहरूले सुन्न सक्छन्।