त्यो अग्लो पर्वत यरुबाबेलका निम्ति समतल भूमि जस्तै हुनेछ, त्यहाँ मन्दिर बनिने छ। जब अन्तिम ढुङ्गा त्यहाँ राखिनेछ तब मानिसहरु चिच्याएर कराउँनेछन्, ‘सुन्दर! अति सुन्दर।”‘
Cross references
आनि तिनीहरूले प्रत्युत्तर गीतहरू, स्तुतिगीत अनि परमप्रभुको स्तुति गरे किनभने, उहाँ भलो हुनुहुन्छ।
अनि आर्ट-जारसेज फारसका राजाहरूको आदेशद्वारा तिनीहरूले निर्माण कार्य पूर्ण गरे। यसरी यो मन्दिर राजा दाराकोशासनकालको छैटौ वर्षको अदारमहीनाको तेस्रो दिन पुर्ण गरियो।
पृथ्वीको आधारशिला के हो? कसले यसमा प्रथम ढुङ्गा राख्यो?
पर्वतहरू भेडाहरूझै’ वरिपरि नाच्न थाले। पहाडहरू भेडाका पाठाहरू जस्तै उफ्रन थाले
हे पर्वतहरू! तिमीहरू भेडाहरू झैं किन खुशीले उफ्रियौ? अनि पहाडहरू! तिमीहरू किन भेडाका पाठाहरू झै’ बुथ्रुक-बुथ्रुक उफ्रियौ?
जुन ढुङ्गा निर्माणकर्ताहरूले लिन चाहेनन्। त्यही मूल ढुङ्गाहुन गयो।
ती कुराहरूले गर्दा परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ, “म चट्टान राखिदिनेछु। एउटा मूलढुङ्गा-सियोनको भूईंमा। यो एकदमै बहुमूल्य ढुङ्गा हुनेछ। प्रत्येक कुरा यस महत्वपूर्ण ढुङ्गामाथि बनाइनेछ। जसले त्यो ढुङ्गामा भरोसा राख्दछ उ निराश हुनेछैन।
सुन, कोही मानिस चिच्याइरहेको छ! “मरूभूमिमा परमप्रभुका लागि एउटा बाटो तयार गर। मरूभूमिमा हाम्रो परमेश्वरको लागि चिल्लो बाटो बनाऊ।
प्रत्येक बेंसी पूर्ण गर प्रत्येक पर्वत र पहाडलाई मैदान बनाऊ। बाङ्गो-टेढो परेका बाटोहरू सोझो बनाऊ। खस्रो मैदानलाई चिल्लो बनाऊ।
“हेर, म तिमीलाई एक झाँटने उपकरण बनाउनेछु। त्यो उपकरण धेरै तीखा दाँतहरू भएका हुनेछन्, कृषकहरूले यो अन्न कुट्नलाई चलाउने छन् यसकारण तिनीहरूले अन्न देखि खोस्टा अलग्गै पार्नेछन्। तिमी पर्वतहरूमाथि कुल्चिँदै हिडनेछौ र तिनीहरूलाई धूलोपीठो पार्नेछौ। तिमीले पहाडहरूलाई छिल्काहरू जस्तो पार्नेछौ।
यदि तपाईंले आकाश च्याति पृथ्वीमा झार्नु भयो भने प्रत्येक कुराहरू परिर्वतित हुने थियो। पर्वतहरू तपाईं समक्ष पग्लने थिए।
तर चाँडै यो ठाउँमा आनन्दको मिठो, दुलहा-दुलहीहरूको खुशीयाली र परमप्रभुमा प्रशंसाको आवाजहरूले प्रतिध्वनित हुनेछ। ती मानिसहरूले भन्ने छन्, ‘सेनाहरूका परमप्रभुको प्रशंसा गर। परमेश्वर भलो हुनुहुन्छ। उहाँ सधैं कृपालु हुनुहुन्छ। तिनीहरूले मन्दिरमा धन्यवाद बलि चढाउनेछन कारण यस ठाउँबाट जे जे लुटिएको थियो म त्यो पुन बहाली गराउनेछु अनि अघि जस्तो थियो त्यस्तै बनाउनेछु,” परमप्रभु भन्नुहुन्छ।
परमप्रभु भन्नुहुन्छ, “बाबेल! हे पर्वत ध्वंस छ जसले सारा भूमि नै ध्वंस पार्छ म तिम्रो विरोधमा छु। म तिम्रो विरोधमा मेरो हात उठाउँछु। म तिमीलाई भिरालो चट्टानबाट तल झारी दिनेछु म तिमीलाई डढेको पर्वत बनाईदिनेछु।
जब तपाईंले त्यस मूर्तिलाई हेरिरहनु भएको थियो तपाईंले एउटा चट्टान देख्नुभयो। चट्टान मानिसद्वारा काटिएको थिएन। चट्टानले फलाम र माटोले बनिएका मूर्तिको खुट्टाहरूलाई टुक्रा-टुक्रा पार्यो।
परमप्रभु परमेश्वरको चरणमुनि पर्वत पग्लेर जानेछ, जसरि आगोमा मैन पग्लन्छ, जसरी पहाडबाट पानी बगेर झर्छ।
अब पछिल्लो दिनमा परमप्रभुको मन्दिर, डाँडा चाँहि पहाडहरुमा सर्वोच्च बनाईने छ, अनि त्यो पहाडहरु भन्दा उच्च पारिने छ अनि अरू जातिहरु त्यसमा ओईरिएर आउनेछन्।
परमप्रभुको आगमन हुनेछ अनि पहाडहरु डरले काम्नेछन्, अमि पहाडहरु पग्लेर बग्नेछन्। परप्रभुको आगमन हुनेछ र पृथ्वी डरले काम्नेछ। यो संसार अनि यसमा रहने सबै डरले काम्नेछन्।
परमप्रभुले उभिएर पृथ्वीको नाप गर्नु भयो। उहाँले सबै जातिका मानिसहरुलाई तीब्र दृष्टिले हेर्नु भयो र तिनीहरु डरले काम्न थाले अनि प्राचीन पहाडहरु ढलेर टुक्रा-टुक्रा भएर फुटे अनि प्राचीन पहाडहरु ढले परमेशवर सदा यस्तै हुनुहुन्छ।
किन? किनभने सर्वशक्तिमान परमप्रभु यसो भन्नुहुन्छ, एकपल्ट फेरि म चाँडै नै पृथ्वी अनि आकाश, समुद्र अनि सुक्खा जमीन सबैलाई र्थरथर कमाउनेछु।
“यहूदाका राज्यपाल यरूबाबेललाई भन, म आकाश अनि पृथ्वीलाई हल्लाउनेछु।
“यरूबाबेलले मन्दिरको जग बसाल्नेछ अनि यरूबाबेलले नै निर्माण गरिसकनेछ। तब तिमीहरुले बुझ्नेछौ कि परमप्रभुले मलाई तिमीहरु कहाँ पठाउनु भएको हो।
त्यससमय उहाँ भद्राक्ष एउटा पर्वतमा उभिनुरहनु हुनेछ। त्यो पहाड यरूशलेमको पूर्वपट्टि अवस्थित छ। जैतूनको पर्वत बिष्फोटन हुनेछ। पर्वतको एउटा भाग उत्तरपट्टि जानेछ, अनि अर्को भाग दक्षिणपट्टि जानेछ।
येशूले भन्नुभयो, “म तिमीहरूलाई साँचो भन्दछु। यदि तिमीहरूमा विश्वास छ र त्यसमा शंका छैन भने, मैले जस्तै तिमीहरूले पनि गर्न सक्नेछौ। तिमीहरूले त्यो भन्दा धेरै गर्न सक्नेछौ। तिमीले यस पहाडलाई भन्न सक्छौ, ‘ए पहाड जा अनि समुद्रमा खस।’ यदि तिमीहरूमा विश्वास भए, तिमीहरूले भने जस्तै हुनेछ।
येशूले तिनीहरूलाई भन्नुभयो, “निश्चय नै तिमीहरूले यो धर्मशास्त्रमा पढेका छौ‘जुन ढुङ्गालाई डकर्मीहरूले रद्द गरे, त्यही ढुङ्गा मुख्य कुने ढुँङ्गा बन्यो, यो परमप्रभुले गर्नु भएको हो र यो हाम्रो लागि अचम्मको हुनेछ।’
निश्चय नै तीमीहरूले धर्मशास्त्रमा यी वचनहरू पढेका हौलानिर्मातहरूले अस्वीकार गरेका ढङ्गाहरू नै कुनाको ढुङ्गा बनेको छ।
प्रत्येक खाल्डा पुरिनेछ। अनि हरेक डाँडा र ढिस्का सम्म पारिनेछ, अप्ठेरा बाटोहरू समतल पारिनेछन अनि दुर्गम् बाटोहरू सहज बनाइन्छन्!
तर येशूले तिनीहरूको आँखामा हेर्नुभयो अनि भन्नुभयो, “त्यसो भए, यो लेखिएको अर्थ के होलाः
येशू हुनुहुन्छः‘यो ढुङ्गालाई तिमी डकर्मीहरूले कुनै महत्व नै दिएनौ तर यो ढुङ्गा मूल-ढुङ्गा हुनगएको छ।’
अनि यो परमेश्वरको अनुग्रहकै फल हो भने, त्यो मानिसहरूको कामको फल होइन। नत्र भने परमेश्वरको अनुग्रह नै रहने थिएन।
उहाँको यही आश्र्चर्यजनक अनुग्रहको कारण उहाँ प्रशंसनीय हुनुहुन्छ। आफ्ना प्यारा पुत्र जसलाई उनले माया गर्नुहुन्छ परमेश्वरले हामीलाई आफ्नो अनुग्रह प्रशस्त दिनुभयो।
तर परमेश्वको कृपा महान छ अनि परमेश्वरले हामीलाई अति नै माया गर्नुहुन्छ।
तिमी विश्वासीहरू परमेश्वरका भवन हौ जुन प्रेरितहरू र अगमवक्ताहरूद्वारा जग बसाइएको घडेरीमा बनाइएको छ। ख्रीष्ट स्वयं भवनका जग-ढुङ्गा हुनुहुन्छ।
त्यो पत्थर तिमीहरुको निम्ति, जसले विश्वास गर्छन्, अति मूल्यवान छ। तर विश्वास नगर्ने मानिसहरुको निम्ति उहाँ हुनुहुन्छ“निर्माण कर्त्ताहरुले अस्वीकार गरेको ढुङ्गा, तिनीहरुलाई आवश्यक छैन. त्यो पत्थर आधारशीला भयो।”
अनि तिनीहरु सबैले भेंडाको पाठाको लागि एउटा नयाँ गीत गाए“तिमी त्यो बेह्रिएको चर्मपत्र लिन अनि त्यसको मोहर खोल्न योग्य छौ, किनभने तिमी मारिएका थियौ। अनि, तिम्रो रगतद्वारा तिमीले परमेश्वरका निम्ति हरेक जाति, भाषा, कूल अनि राष्ट्रबाट मानिसहरुलाई किन्यौ।
हरेक द्वीपहरु लुप्त भयो अनि त्यहाँ पर्वतहरु रहेनन्।
तब मैले स्वर्गमा धेरै मानिसहरुको बढो भीडले गरेको गर्जन जस्तै आवाज सुनें। तिनीहरु भन्दै थिए“हल्लेलूयाह! विजय, महिमा अनि सक्ति हाम्रा परमेश्वरमा रहिरहुन्।