Cross references
पवित्र पालको दक्षिण पट्टि जोडन बीसवटा फल्याकहरू बनाऊ,
परमप्रभुले कंगालहरूलाई धूलोबाट उठाउँनुहुन्छ, अनि दुःख हटाई दिनुहुन्छ। परमप्रभुले कंगालीहरूलाई राजा संग-संगै बसाउनुहुन्छ। परमप्रभुले कंगालीहरूलाई सम्मानको सिंहासनमा राख्नुहुन्छ। परमप्रभु उनी हुन जसले संसारको जग बसाल्नु भयो अनि त्यसमाथि संसार बनाउनु भयो।
परमेश्वर उत्तर आकाशको शुन्य अन्तरिक्षमा लम्पसार हुनुभयो। परमेश्वरले पृथ्वीलाई शुन्यतामा झुण्ड्याउनु भयो।
परमप्रभुले पानीमाथि पृथ्वी बनाउनु भयो उहाँले यसलाई नदीहरूमा बसाउनु भयो।
परमप्रभु राजा हुनुहुन्छ। उहाँले वैभवी अनि सामर्थ्यपूर्ण पोषाकहरू लगाउनु हुन्छ। उहाँ तयार हुनुहुन्छ यसैले सारा संसार सुरक्षित छ, यो नष्ट हुनेछैन।
हे परमेश्वर, तपाईंले यसको आधारमा पृथ्वी बनाउनु भयो, यसैले यो ध्वंश हुने छैन।
जुन ढुङ्गा निर्माणकर्ताहरूले लिन चाहेनन्। त्यही मूल ढुङ्गाहुन गयो।
हाम्रा जवान छोराहरू बलिया रूखहरू जस्ता छन्। हाम्रा छोरीहरू राजाको दरबारमा सजिएको सजावट जस्ता छन्।
ती कुराहरूले गर्दा परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ, “म चट्टान राखिदिनेछु। एउटा मूलढुङ्गा-सियोनको भूईंमा। यो एकदमै बहुमूल्य ढुङ्गा हुनेछ। प्रत्येक कुरा यस महत्वपूर्ण ढुङ्गामाथि बनाइनेछ। जसले त्यो ढुङ्गामा भरोसा राख्दछ उ निराश हुनेछैन।
इस्राएलको बिषयमा परमप्रभुको दुःखको वचन। परमप्रभुले पृथ्वी र आकाश बनाउँनु भयो। उहाँले मानिसको आत्मा रच्नु भयो। अनि यी कुराहरू भन्नुभयो,
तिमी विश्वासीहरू परमेश्वरका भवन हौ जुन प्रेरितहरू र अगमवक्ताहरूद्वारा जग बसाइएको घडेरीमा बनाइएको छ। ख्रीष्ट स्वयं भवनका जग-ढुङ्गा हुनुहुन्छ।
तर ती मानिसहरु धेरै अधि के घटेको थियो सो सम्झन चाहँदैनन्। आकाशहरु थिए अनि परमेश्वरले जलबाट पृथ्वी सृष्टि गर्नु भयो। यी सबै परमेश्वरको बचन अनुसार हुन गयो।