मासु पसलमा के बेचिन्छ? विवेकको खातिर केही सोधपुछ नगरी त्यो खायो।
Cross references
तर आवाजले उसलाई दोस्रो पलट भन्यो, “परमेश्वरले ती सबै कुराहरू शुद्ध भएको घोषणा गर्नु भएको छ। यसर्थ तिमी त्यसलाई ‘अपवित्र’ नसोच!”
तिमीले शासकको आज्ञा मान्नै पर्छ, तिमीले मान्नै पर्छ किन कि मानेनौ भने तिमीले दण्ड पाउन सक्छौ। तिमीले मान्नु पर्छ किनभने तिमी जान्दछौ कि असल काम गरिनु पर्छ।
म प्रभु येशूमा हुँ। म जान्दछु कुनै खाद्य आफैमा फोहोर छैन। तर यदि कसैले फोहोर भनेर विश्वास गर्छ भने त्यो उसैको लागि फोहोर छ।
तर सबैले यो सत्य जान्दैन। धेरै समय अघि कति मानिसहरूले मूर्ति पूजा गर्थे औ तिनीहरू यसमा चढाएको मासु खान्थे तिनीहरू आफै निश्चित छैनन् कि त्यो मासु खानु उचित हो अथवा होइन। यसर्थ जब तिनीहरू खान्छन् आफैलाई दोषी सम्झन्छन्।
यदि कुनै विश्वास नगर्ने मानिसले तिमीलाई उसित भोजन गर्न बोलाउला अनि तिमी जान चाहन्छौ भने तिम्रो अधिल्तिर जे राखिन्छ खाऊ। खानु उचित छ अथवा छैन भन्ने प्रश्न नगर।
पमेश्वरले सृष्टि गर्नुभएको जुनै कुरो पनि राम्रो छ। परमेश्वरलाई धन्यवाद सहित ग्रहण गरेको कुनै कुरो पनि अस्वीकार गर्नु हुँदैन।
शुद्ध हृदय हुनेहरूलाई सबै कुरा शुद्धै हुन्छ। तर तिनीहरूका निम्ति केही पनि सुद्ध हुँदैन। साँच्चै, तिनीहरूको विचारै खराब भइसकेको छ अनि उचित के हो त्यो चिन्ने तिनीहरूको शक्ति नष्ट भइसकेको छ।