आफ्नो प्रेमीसित अढेसिएर मरूभूमिबाट आँउदै गरेकी स्त्री को हुन्?मैले तपाईंलाई स्याऊको बोट मुनि जगाएँ, जहाँ तपाईंकी आमाले तपाईंलाई गर्भधारण गरेकी थिईन, जहाँ तपाईंको जन्म भएको थियो।
Cross references
अश्शूरका राजाका मानिसहरू मात्र छन्। तर हामी सित परमप्रभु हाम्रा परमेश्वर साथ हुनुहुन्छ। हाम्रा परमेश्वरले हामीलाई सहायता गर्नु हुने छ। हाम्रा लडाईहरू उहाँले लडी दिनु हुनेछ।” यसरी यहूदाका राजा हिजकियाहले मानिसहरूलाई उत्साह दिए अनि तिनीहरूलाई शक्तिशाली अनुभव गराए।
हे मेरी स्त्री, मेरा कुरा सुन। ध्यानदिएर सुन अनि तिमीले बुझ्ने छौ। आफ्ना मानिसहरू र आफ्ना पिताका परिवारलाई बिर्स।
मेरो प्राण तपाईंमा अल्झिन्छ अनि तपाईं मेरो हात समाउनु हुन्छ।
कतिपय मानिसहरूले मलाई मार्ने कोशिश गरिहेछन् तर तिनीहरू नाश हुने नै छन्। तिनीहरू आफ्ना चिहानहरूमा जानेछन्।
यसैले ज-जसलाई परमप्रभुले बचाउनु भएको थियो, प्रत्येक मानिसले भन्नु पर्दछ कि परमप्रभुले बचाउनु भयो। परमप्रभुले तिनीहरूका शत्रुहरूदेखि तिनीहरूलाई बचाउनु भयो।
हे मेरा प्रिय अन्य पुरूषहरूको बीच तपाईं जङ्गलमा अन्य धेरै रूखहरू बीच स्याऊको बोट झैं छौ। म त्यो बोट मुनि बसेर आनन्द लिन चाँहन्छु अनि त्यसको फल अति स्वदिष्ट लाग्छ।
जब म ती पालेहरूदेखि अलिक पर मात्र पुगेकी थिएँ मैले मेरा प्रेमीलाई भेटेंे। मैले उहाँलाई समातें र उहाँलाई मेरी आमाको घरमा लगें अर्थात ती नारीको कोठामा जसले मलाई आफ्नो गर्भमा राखेकी थिइन्।
यी नारी को हुन् जो धेरै मानिसहरू सित मरूभूमिबाट आइरहेकी छिन्? तिनीहरूको पछि यस्तो धूलो निस्कँदैछ कि मानौं त्यो धूवाँको बादल हो, जुन धूवाँ बल्दै गरेको सुगन्धित रस, धूप अथवा सुगन्धित मसला बाट निस्कन्छ।
सियोनकी तरूणीहरू हो, बाहिर आएर सुलेमनानलाई उनको मुकुटसित हेर, त्यो उसकी आमाले त्यो दिन पहिर्याई दिएकी थिइन्, जुन दिन उनको विवाह भएको थियो। त्यो दिन उनी अत्यन्तै खुशी थिए।
हे मेरी दुलही, तिमी मेरो निम्ति लेबनोनबाट आऊ। म भएकोमा आऊ तिमी मसित अमानाको चुचुरोबाट, सनीरको उचाईबाट, सिंहको गुफाबाट अनि चितुवाको पाहाडबाट आऊ।
ती कन्या स्त्री को हुन्? अरूणोदय झैं चम्कन्छिन् जुनझैं सुन्दरी छिन्। तिनी घामझैं चहकिली छिन् तिमी एउटा झण्डा बोक्ने डरलाग्दा सेनाझैं साहासी छौ।
आफ्नी आमाको दुध चुस्तै हुर्कने मेरो सानो भाइ जस्तै तिमी पनि नानी हुँदो हौ त म तिमीलाई बाहिर नै भेट्ने थिएँ अनि तिमीलाई म्वाई खाने थिए। र कसैले यो गल्ती हो भन्न सक्ने थिएनन्।
परमप्रभु तपाईंले मानिसहरूलाई साँचो शान्ति दिनुभयो जो तपाईंमाथि आस्रित छन् जसले तपाईंलाई विश्वास गर्दछन्।
के तिमीहरू सहयोगको लागि मिश्रमाथि भर परिरहेकाछौ? मिश्र एउटा भाँचिएको लौरो जस्तो छ। यदि तिमीहरू सहायताको लागि त्यता ढल्किन्छौ भने, त्यसले केवल तिमीहरूलाई चोट पुर्याउनेछ र तिम्रो हातमा दुलो पारिदिनेछ। मिश्रका राजा फिरऊनमाथि कसैले पनि भरोसा राख्न सक्दैन्।
सुन, कोही मानिस चिच्याइरहेको छ! “मरूभूमिमा परमप्रभुका लागि एउटा बाटो तयार गर। मरूभूमिमा हाम्रो परमेश्वरको लागि चिल्लो बाटो बनाऊ।
किन? किनभने म नयाँ काम गर्नेछु। अब तिमी नयाँ पालुवा जस्तो उम्रनेछौ। निसन्देह तिमी जान्दछौ कि यो सत्य हो। म साँच्चि नै मरूभूमिमा बाटो बनाउने छु। म साँच्चि नै सुक्खा जग्गाहरूमा नदीहरू बगाउनेछु।
तिमीहरू आफ्ना नानीहरू हराउँदा दुखी भएका थियौ तर ती नानीहरूले तिमीहरूलाई भन्नेछन् यो भूमि एकदम सानो छ। हामीलाई बस्न एउटा ठूलो ठाउँ दिनुहोस्।
“जाऊ अनि यरूशलेमका मानिसहरूलाई भन, “यो सन्देश परमप्रभुको हो“‘जब तिमीहरू युवा अवस्थामा थियौ त्यस बेला तिमीहरूको म प्रति विश्वास अनि एउटी बेहुलीको झैं म प्रतिको माया मलाई सम्झना छ। तिमीहरूले मलाई मरूभूमि भरि र बीऊ र्छनलाई नजोतिएको जमीन भरि पछ्यायौ।
याकूबले परमेश्वरका स्वर्गदूतसित ऊ युद्ध गर्यो अनि विजय भयो। ऊ रोयो अनि दयाको निम्ति विन्ति गर्यो। यो घट्ना बेतेलमा भएको थियो, त्यहाँ उसले परमेश्वरसंग बातचीत गर्यो।
यरूशलेमका न्यायधीशहरुले घुस लिएर न्याय गर्छन्। यरूशलेमका पूजहारीहरुले ज्यानलिएर ब्यावस्था सिकाउँछन्। मानिसहरुले अगमवक्ताहरुलाई पैसा दिनुपर्दथ्यो, अनि मात्र उनीहरुले कुनै दण्ड पाउँदैनथिए। उनीहरुले सोच्थे, परमप्रभुले उनीहरुलाई बँचाउँछन् अनि भन्छन्, “परमप्रभुले हामीलाई साथ दिनुहुन्छ, यसैकारण हामीमाथि कुनै बिपत्ति आउन सक्दैन।”
नथानेलले उहाँलाई सोधे, “मलाई कसरी तपाईंले चिन्नुहुन्छ?”येशूले उत्तर दिनुभयो, “फिलिपले तिमीसंग मेरो विषयमा बात गर्न भन्दा पहिल्यै तिमी नेभारको रूखमुनि हुँदा नै तिमीलाई देखें।”
उहाँका चेलाहरू मध्ये एकजना उहाँकै छेउमा बसिरहका थिए। तिनलाई येशूले अत्यन्त प्रेम गर्नु हुन्थ्यो।
हिजो राति परमेश्वरबाट स्वर्गदूत मकहाँ आए। उहाँ उही परमेश्वर हुनुहुन्छ, जसको म हुँ र जसलाई म सेवा गर्छु।
त्यस्तै प्रकारले, मेरा दाज्यु-भाइ, दिदी-बहिनीहरू, तिम्रा पूराना स्वभावहरू मरिसकेकाछन् र तिमीहरू पनि ख्रीष्टका शरीरद्वारा व्यस्थाबाट मुक्त बन्यौ। अब तिमीहरू कसैको भयौ। तिमीहरू ख्रीष्टको भयौ जो मृत्युबाट जगाइनु भयो। हामी ख्रीष्टका छौं र हामी परमेश्वरको सेवामा हुनसक्छौं।
तर प्रभूले मलाई भने “मेरो अनुग्रह नै तिम्रो लागि प्रशस्त छ। दुर्वलतामा नै मेरो शक्ति सिद्ध हुन्छ।” यसैले म आफ्नो दुर्बलातको गर्व खुशीसित गर्छु। तब ख्रीष्टको शक्ति ममाथि रहनेछ।
मेरा साना बालकहरू हो! जन्म दिंदा आमालाई जस्तो प्रसुति पीड हुन्छ, मलाई पनि त्यस्तै पीड अनुभव भइरहेछ। तिमीहरू ख्रीष्ट जस्तै नहोउञ्जेल म त्यही पीडा अनुभव गरिनै रहन्छु।
ख्रीष्टमा आशा राख्ने हामी पहिलो जन हौं। अनि हामी छानिएका हौं ताकि उहाँको महिमामा हामीले प्रशंसा ल्याउन सकौं।
ख्रीष्टद्वारा तिमीहरु परमेश्वरमाथि विश्वास गर्छौ। परमेश्वरले ख्रीष्टलाई मृत्युबाट बौरी उठाए। तब परमेश्वरले उहाँलाई महिमा दिनु भयो। यसर्थ तिमीहरुको विश्वास अनि आशा परमेश्वरमा छ।
त्यो स्त्री परमेश्वरले उसको निम्ति तयार गरिदिनु भएको स्थान मरुभूमितर्फ भागिन्। उसलाई त्यो मरुभूमिमा एक हजार दुइ सय साठ्ठी दिनसम्म हेरचाह गरिनेछ।