Home Bibles ☰ Books श्रेष्ठगीत 6:13 · नेपाली बाइबल
श्रेष्ठगीत 6:13 · नेपाली बाइबल

हे शूलम्मेनी फर्केर आऊ, फर्केर आऊ, फर्केर आऊ। ताकि हामी तिमीलाई हेर्न सक्छौं, किन तिमीहरूले शूलम्मेनीलाई सेनाहरूको युद्ध छाउनीमा नतर्कीलाई झैं हेरिरहेका छौ!

Cross references

उत्पत्ति 32:2

जब याकूबले तिनीहरूलाई देख्यो, उसले भन्यो, “यो परमेश्वरको शिविर हो।” यसैकारण उसले त्यस ठाउँको नाउँ ‘महनोम’ राख्यो।

उत्पत्ति 49:10

यहूदाको परिवारबाट राजाहरू हुनेछन्। राजत्वको प्रतीक यस परिवारबाट हराउने छैन जबसम्म एकजना वास्तविक राजा आउनु हुँदैन।तब उनको आज्ञाहरू पालन गर्न र उहाँलाई सेवा पुर्याउनु धेरै मानिसहरू आउनेछन्।

न्यायकर्ता 21:21

उत्सवको बेला जब शीलोका जवान स्त्रीहरू नाचमा सामेल हुन आउँछन् त्यो समयमा हेर। तब दाखबारीमा जहाँ तिमीहरू लुकिरहेका छौ, त्यहाँबाट दगुर। तिमीहरू हरेकले शीलो शहरका एक एकजना जवान स्त्री लेऊ। ती जबान स्त्रीहरूलाई बिन्यामीनको देशमा लैजाऊ अनि तिनीहरूसित विवाह गर।

2 शमूएल 17:24

दाऊद महनैम पुगे। अब्शालोम र उनका साथमा रहेका इस्राएलीहरू यर्दन नदी पार गरेर गए।

भजनसंग्रह 76:2

शालेममा परमेश्वरको मन्दिर छ। परमेश्वरको भर सियोन पर्वतमा छ।

श्रेष्ठगीत 1:6

मलाई नहेर, म कति काली छु, मलाई घामले काली पारेको हो। मेरा दाज्यू-भाइहरू म प्रति क्रोधित थिए, त्यसैले तिनीहरूले मलाई उनीहरूको दाखबारीहरू हेर्नु अह्राए, त्यसै कारण मैले आफैंलाई ध्यान पुर्याउन पाइनँ।

श्रेष्ठगीत 2:14

अग्लो चट्टानको गुफाहरूमा र, पहाडहरू माथि लुक्ने मेरो ढुकुर, मलाई तिम्रो दर्शन देऊ, मैले तिम्रो स्वर सुन्नु पाउँ। कारण तिम्रो स्वर अत्यन्तै प्रिय लाग्छ अनि तिमी अत्यन्तै सुन्दरी छौ।

यशैया 8:6

“ती मानिसहरूले शीलो पोखरीमा विस्तारै बग्ने पानीलिन मानेन्। ती मानिसहरू रसीन र रमल्याहका छोरासित खुशी छन्।

यर्मिया 3:12

यर्मिया, उत्तर दिशा तिर अघि बढ अनि यो सन्देश घोषणा गर‘हे इस्राएलका विश्वासहीन मानिसहरू हो, फर्की आऊ।’ यो सन्देश परमप्रभुबाट आएको थियो। ‘तिनीमाथि आँखा तर्न बन्द गर्छु। म कृपालु छु।’ यो सन्देश परमप्रभुबाट आएका हो। म अब उसो तिमीसित रीस गर्ने छैन।

यर्मिया 3:22

हे विशवसहीन छोराहरू हो, मकहाँ फर्की आऊ। तिमीहरूको विश्वासहीनता म हटाइदिनेछु। मानिसहरूले भन्नै पर्छ, “हामी तपाईं कहाँ आउँदैछौ तपाईं परमप्रभु हाम्रो परमेश्वर हुनुहुन्छ।

होशे 14:1

हे इस्राएल! तिम्रो पापले तिमीलाई धर्मराउने बनाएकोछ। यसैकारण अब परमप्रभु आफ्नो परमेश्वर तिर फर्केर आऊ।

लूका 7:44

त्यसपछि उहाँले त्यस स्त्रीलाई हेरेर शिमोनलाई भन्नु भयो, “तिमिले यो स्त्रीलाई देख्यष्ठ्वौ? जब म तिम्रो घरमा आएँ, तिमीले मेरो खुट्टा धुन पानी दिएनौ। तर त्यसले मेरो खुट्टाहरू त्यसको आँसुले धोइ दिई अनि केश राशिले पुछिदिई।

लूका 15:10

त्यसरी नै, म भन्दछु, जब एकजना पापीले आफ्नो हृदय परिवर्तन गर्छ भने परमेश्वरको दुतहरूको अघि खुशी छाउँछ।”

Interlinear

Choose Theme