Home Bibles ☰ Books यूहन्ना 9:7 · नेपाली बाइबल
यूहन्ना 9:7 · नेपाली बाइबल

येशूले त्यस मानिसलाई भन्नुभयो, “जाऊ सिलोआमाको तलाउमा गएर पखाल।” (सिलोआमको अर्थ हुन्छ ‘पठाउनु) तब त्यो मानिस तलाउमा गयो र धोयो। अब उ देख्ने लायकको भयो।

Cross references

प्रस्थान 4:11

त्यसपछि परमप्रभुले मोशालाई भन्नुभयो, “मानिसको मुख कसले बनायो? अनि मानिसलाई कसले बहिरो, बोल्न नसक्ने बनाउन सक्छ? कसले मानिसलाई अन्धो बनाउन सक्छ? कसले मानिसलाई देख्न सक्ने बनाउन सक्छ? त्यो म नै एक हुँ जसले यी सब कर्महरू गर्न सक्छ, म यहोवा हुँ।

2 राजा 5:10

एलीशाले नामानसम्म एक जना दूत पठाए। दूतले भन्यो, “जाऊ अनि यर्दन नदीमा सात पटक धोऊ। तब तिम्रो छालाको कुष्ठ निको हुनेछ अनि तिमी शुद्ध हुने छौ।”

नहेम्याह 3:15

कोल-होजेका छोरा शल्लूम, मिस्पा जिल्लाका शासकहरूले फोहोरा मूल-ढोका मर्मत गरे। तिनले यसको पुनःर्निर्माणअनि छप्पर लगाए अनि त्यसका ढोकाहरूको, चुकुलहरू अनि बारहरू लगाए। तिनले राजाको बगैंचा छेऊ शेलाहको तलाउ पर्खाल पनि दाऊद शहर देखि तलतिर गएको खुड्किलाहरू सम्म मर्मत गरे।

भजनसंग्रह 146:8

परमप्रभुले अंन्धाहरूलाई फेरि देख्ने शक्ति दिनुभयो। परमप्रभुले ती मानिसहरूलाई साथ दिनुहुन्छ जो संकटमा परेका छन्। परमप्रभुले धर्मी मानिसहरूलाई प्रेम गर्नुहुन्छ।

यशैया 8:6

“ती मानिसहरूले शीलो पोखरीमा विस्तारै बग्ने पानीलिन मानेन्। ती मानिसहरू रसीन र रमल्याहका छोरासित खुशी छन्।

यशैया 29:18

बहिराले पुस्तकको शब्दहरू सुन्नेछ। अन्धाले अन्धकारमय कुहिरोबाट देख्नेछ।

यशैया 32:3

मानिसहरू राजासँग सहायता माग्नलाई त्यतातिर जान्छन् अनि मानिसहरूले साँच्चै नै उहाँका कुरा सुन्नेछन्।

यशैया 35:5

तब अन्धा मानिसहरूले फेरि पनि देख्न सक्नेछन्। तिनीहरूका आखाँहरू खोलिने छन्। तब बहिराले पनि सुन्न सक्ने छन्। तिनीहरूका कानहरू खोलिने छ।

यशैया 42:7

तिमीले अन्धाका आँखाहरू खोलि दिने छौ, अनि तिनीहरूले देख्न सक्नेछन्। धेरै मानिसहरू कैदमा छन, तिमीले तिनीहरूलाई स्वतन्त्र पार्नेछौ, धेरै मानिसहरू अन्धकारमा बस्दछन् तिमीले तिनीहरूलाई त्यस कदैबाट निकाल्नेछौ।

यशैया 42:16

तब तिनीहरूले कहिल्यै नजानेका बाटोमा म अन्धा मानिसहरूलाई डोराउनेछु। म अन्धा मानिसहरूलाई त्यस्ता ठाउँहरूमा डोर्याई लैजानेछु जहाँ तिनीहरू पहिला थिएनन्। म तिनीहरूका अँध्यारोलाई प्रकाशमा बद्लि दिनेछु अनि म खस्रो भूमिलाई चिल्लो पारिदिनेछु। मैले वचन दिएका ती कुराहरू म गर्नेछु अनि म आफ्नो मानिसहरूलाई त्याग्ने छैन्।

यशैया 43:8

परमेश्वर भन्नुहुन्छ, “जसका आँखाहरू छन् तर तिनीहरू अन्धा छन् भने, ती मानिसहरू मकहाँ ल्याऊ। ती मानिसहरू मकहाँ ल्याऊ जसका कानहरू छन् तर बहिरा छन्।

लूका 2:32

तपाईंको पथ प्रदर्शनमा गैरयहूदीहरूको लागी प्रकाश उनी नै हुन। उनले नै तपाईंका मानिसहरूलाई इस्राएलमा ल्याउनेछन्।”

लूका 13:4

सिलोआमको धरहरा तिनीहरूमाथि झरेर आठाह्र जना मर्ने मानिसहरूको विषयमा तिमीहरू के सोच्छौ? के तिमीहरू तिनीहरूलाई यरूशलेमका अन्य सबै मानिसहरू भन्दा धेरै पापी सम्झन्छौ?

Interlinear

Choose Theme