उहाँका पाखुराहरू ढुङ्गा जडित, सुनका डन्डाहरू जस्ता छन् उहाँको शरीर नीलम जडित हात्तिको चिल्लो दाँत जस्तो छ।
Cross references
“तपाईंको दाहिने बाहुली अद्भूत शक्तिशाली छ। हे परमप्रभु, तपाईंको दाहिने बाहुलीले शत्रुको विनाश गर्यो।
इस्राएलीहरूले इस्राएलका परमेश्वरलाई केही चीजमाथि जो आकाश जस्तो स्वच्छ नीलम देखियो उभिरहनु भएको देखे।
चौथो लहरमा पीतमणि, आनिक्स अनि स्फारिक हुनु पर्छ। रत्नहरू सुनको घेरामा राख्नुपर्छ।
अनि चौथोमा लहर पिरोज, गोमेद र स्फटिकको थियो। यी मणिहरू सुन कुँदिएका थिए।
हे मेरो परमेश्वर, तपाईं मेरो राजा हुनुहुन्छ। आदेश दिनुहोस् अनि याकूबका मानिसहरूलाई विजयतर्फ अगुवाइ गर्नुहोस्।
शक्तिशाली राजाले न्याय मनपराउनु हुन्छ। परमेश्वर, तपाईंले मंगलमयता बनाउनु भयो। तपाईंले याकूबमा धार्मिकता र निष्पक्षता ल्याउनुभयो।
तिम्रो नाभि गोलो बटुको झैं छ, यसमा दाखरस बिना कहीले नहोस्। तिम्रो पेट यस्तो छ कि गहुँको थुप्रो लिली फूलहरूले सीमाना लगाए जस्तो छ।
उहाँको राज्यमा शक्ति र शान्ति रहनेछ। दाऊद परिवारको यस राजा सदा अभिवृद्धि भइरहनेछ। यस राजाले सदा-सदाकोलागि धार्मिकता अनि न्यायका साथ देश शासन गर्नु हुनेछ। सेनाहरूका परमप्रभुसित आफ्ना मानिसहरूप्रति उत्कट प्रेम छ। यस उत्तेजित जोशले गर्दा यो सबै उहाँद्वारा गरिनेछ।
“हेर मेरो दासलाई। उ एकदम सफल हुने छ। उनी एकदम मुख्य हुनेछ। भविष्यमा मानिसहरूले उनको आदर र सम्मान गर्नेछन्।
तिमी गरीब शहर! शत्रुहरू तूफान सरह तिमीहरूका विरूद्ध आई लागे। अनि कसैले पनि सान्त्वना दिएनन्। तर म फेरि तिमीलाई निर्माण गर्छु ढुङ्गाहरूका भित्ताहरू सजाएर म सुन्दर ढुङ्गाले तिमीलाई बनाउनेछु। म बहुमूल्य ढुङ्गाहरू प्रयोग गरेर तिम्रो वरिपरिको पर्खालहरू बनाउनेछु।
पाङ्ग्राले जमीनलाई छोएको थियो अनि सबै पाङ्ग्रा एक समान थिए। पाङ्ग्रा हेर्दा पहेंलो शुद्धमणि जस्तो थियो, अनि तिनीहरूको बनावट पाङ्ग्रा भित्र पाङ्ग्रा जस्तै थियो।
त्यो बटुकाको माथि केही थियो जुन एउटा सिंहासन जस्तो देखिन्थ्यो। यो नीलमणि जस्तै नीलो थियो, त्यहाँ कोही थियो जुन त्यो सिंहासनमाथि बसेको मानिस जस्तै देखिन्थ्यो।