Home Bibles ☰ Books प्रस्थान 39:13 · नेपाली बाइबल
प्रस्थान 39:13 · नेपाली बाइबल

अनि चौथोमा लहर पिरोज, गोमेद र स्फटिकको थियो। यी मणिहरू सुन कुँदिएका थिए।

Cross references

उत्पत्ति 2:12

यस प्रदेशको सुन राम्रो दर्जाको छ। धूप गोमेद र पत्थर पनि पाइन्छन्।

प्रस्थान 28:9

“गोमेद पत्थरहरू लेऊ र याकूबका बाह्रजना छोराहरूको नाउँ लेख प्रत्येक पत्थरमा छ जनाको नाउँ लेख।

प्रस्थान 28:11

इस्राएलीका नाउँहरू रत्नहरूमा खोप। यी कामहरू यस्तै प्रकारले गर्नु पर्छ जसरी शिल्पकारहरूले मोहोरमा नाउँ अनि नक्शा खोप्ने गर्छन्। यसकारण खोपिएका रत्नहरू सुनको पातामा ठोकिएको हुनुपर्छ।

1 इतिहास 29:2

मैले परमेश्वरको मन्दिर निर्माणका निम्ति योजना बनाउन मैले मेरो पूर्ण शक्ति लगाएको छु। सुनका वस्तुहरू बनाउनुका निम्ति मैले सुन दिएको छु। चाँदीका चीज-बीजहरू बनाउनुका निम्ति मैले चाँदी दिएको छु। काँसाका सामग्रीहरू बनाउनुका निम्ति मैले काँसा दिएको छु। फलामका वस्तुहरू बनाउनुका निम्ति मैले फलाम दिएको छु। काठका सामग्रीहरू बनाउनुका निम्ति मैले काठ दिएको छु। मैले जोडने स्थानका निम्ति गोमेदक रत्न, अलंकृत ईटे, सबै प्रकारका भिन्न-भिन्न रङ्गका बहुमूल्य रत्नहरू र सेतो संग मर्मरहरू पनि दिएको छु। मैले परमप्रभुको मन्दिरको निम्ति यस्ता धेरै-धेरै चीज-बीजहरू दिएको छु।

श्रेष्ठगीत 5:14

उहाँका पाखुराहरू ढुङ्गा जडित, सुनका डन्डाहरू जस्ता छन् उहाँको शरीर नीलम जडित हात्तिको चिल्लो दाँत जस्तो छ।

इजकिएल 1:16

पाङ्ग्राले जमीनलाई छोएको थियो अनि सबै पाङ्ग्रा एक समान थिए। पाङ्ग्रा हेर्दा पहेंलो शुद्धमणि जस्तो थियो, अनि तिनीहरूको बनावट पाङ्ग्रा भित्र पाङ्ग्रा जस्तै थियो।

Interlinear

Choose Theme