Home Bibles ☰ Books प्रस्थान 28:20 · नेपाली बाइबल
प्रस्थान 28:20 · नेपाली बाइबल

चौथो लहरमा पीतमणि, आनिक्स अनि स्फारिक हुनु पर्छ। रत्नहरू सुनको घेरामा राख्नुपर्छ।

Cross references

इजकिएल 1:16

पाङ्ग्राले जमीनलाई छोएको थियो अनि सबै पाङ्ग्रा एक समान थिए। पाङ्ग्रा हेर्दा पहेंलो शुद्धमणि जस्तो थियो, अनि तिनीहरूको बनावट पाङ्ग्रा भित्र पाङ्ग्रा जस्तै थियो।

इजकिएल 10:9

तब मैले देखें कि त्यहाँ चारवटा पाङ्ग्राहरू थिए। प्रत्येक करूब स्वर्गदूतको छेउमा एउटा पाङ्ग्रा थियो। अनि त्यो पाङ्ग्रा स्वच्छ पहेलो रंगको थियो।

दानियल 10:6

उनको शरीर फिरोजा पत्थर जस्तै चहकिलो थियो। उनको अनुहार बिजुली जस्तै चम्कन्थ्यो, उनको आँखा राँको झैं बलिरहेको थियो, उनका हात र खुट्टाहरू टल्काइएको काँसाको भाँडा जस्तै थिए। उनको बोलि भीडको आवाज जस्तै थियो।

प्रकाश 4:3

उहाँ एक जो सिंहासनमा बस्नु भएको थियो, मूल्यवान पत्थर-जास्पर अनि गोमेद जस्तै देखिनु हुन्थ्यो। सिंहासनको वरिपरि पन्ना जस्तै स्पष्ट रङ्ग सहितको इन्द्र-धनुष थियो।

प्रकाश 21:11

यो परमेश्वरको महिमाले चम्किरहेथ्यो। यसको चमक वहुमूल्य रत्न बिल्लौर झैं उज्ज्वल थियो।

प्रकाश 21:18

पर्खाल विल्लौरले बनाइएको थियो। त्यो नगर शुद्ध काँच जस्तो शुद्ध सुनले निर्माण भएको थियो।

Interlinear

Choose Theme