मेरी प्रेमिका, मेरी दुलही तिमीले मलाई उत्तेजित गराउछ्यौ। तिम्रो आखाँको एक झलकले तिम्रो गलामा लगाइएको मोतीको हारका एउटै दानाले, मेरो हृदय चोरेकी छौ।
Cross references
त्यसमाथि, सारा मेरो बहिनी पनि हुन्। तिनी मेरा पिताकी छोरी हुनु तर मेरी आमाकी होइनन्।
अनि फिरऊनले आफ्नो राजकीय मुकुटको छाप भएको औंठी यूसुफलाई दिए, उसलाई राम्रो रेशमी लुगा लगाई दिए अनि फिरऊनले उसको गलामा सुनको एउटा सिक्री लगाई दिए।
लोकन्तीहरू राजाहरूकै छोरीहरू हुन्। तपाईंको दुलही तपाईंको दाहिनेपट्टि, निख्खुर सुनको मुकुट लगाएर उभिरहेकी छिन्।
ऊ एउटी सुन्दरी मृर्ग झैं होस्, एउटी प्यारी हरिणको बच्चा झैं होस्, उसका स्तनहरूले तिमीलाई सधैं तृप्त पारून् र उसको प्रेमले तिमीलाई सधैं बाँधोस्।
उसको सुन्दरताको इच्छा तिम्रो मनमा नगर अनि उसको आँखाको जादूमा बन्दी नबन।
ती घोडाहरू तिनीहरूको मुख देखि गर्दनको वरीपरी सम्म राम्ररी सजाइएका छन्।
मेरी प्रियतमा, तिमी अत्यधिक राम्री छौ, आहा! तिमी साँच्चै राम्री छौ, तिम्रा आखाँहरू ढुकुरका झैं सुन्दर छन्।
सियोनकी तरूणीहरू हो, बाहिर आएर सुलेमनानलाई उनको मुकुटसित हेर, त्यो उसकी आमाले त्यो दिन पहिर्याई दिएकी थिइन्, जुन दिन उनको विवाह भएको थियो। त्यो दिन उनी अत्यन्तै खुशी थिए।
हे मेरी साथी, हे मेरी दुलही। तिम्रो माया कति सुन्दर छ। तिमीले गाँसेको माया दाखरस भन्दा धेरै राम्रो छ, तिम्रो अत्तरको सुगन्ध अन्य कुनै पनि सुगन्ध भन्दा असल छ।
मेरी प्रेमिका, मेरी दुलही! ताल्चा लगाएको बगैंचा जस्तै शुद्ध छौ। बन्द गरेको ताल जस्तै शुद्ध छौ। त्यो बन्द गरेको फोहरा जस्तै शुद्ध छौ।
मेरी प्रेमीका, हे मेरी दुलही, म आफ्नो सुगन्धित सामग्रीसित बगैंचामा पसें। मैले मेरो मुर्र र मशलाहरू बटुलेकोछु। मैले मेरो चाका महसंग खाएँ। मैले आफ्नो दाखरस र दूध पिएकोछु।हे साथीहरू हो! खाऊ, प्रेमीहरू हो! पिऊ र प्रेमको मद्यले मस्त हौ।प्रेमिका भन्छे
तिम्रा आँखाहरूले मलाई अति उत्तेजित बनाउँछन्। अनि तिम्रो केश लामो र झुमिरहेको छ गिलाद पर्वतबाट तलतिर ओर्लदै गरेका बाख्राहरूको बगाल झैं। यसर्थ तिमीले मलाई नहेर।
तिनले मलाई मेरा मानिसहरूको सब भन्दा राम्रो रथमा चढ्न मञ्जुरी दिएको अनुभव गरें।
तिम्रो टाउको कार्मेलको पर्वत जस्तो छ अनि टाउकोको केश रेशम जस्तो छ। तिम्रो तल झरेको लामो केशले राजाको पनि मन पग्लिन्छ।
म मेरा प्रेमीकी हुँ र जसलाई उहाँले चाहनुहुन्छ, म त्यो हुँ।
किन? किनभने तेरा लोग्ने तेरा सृष्टिकर्त्ता हुनुहुन्छ। उहाँको नाउँ सेनाहरूका परमप्रभु हो! उहाँ इस्राएलको संरक्षक हुनुहुन्छ। उहाँ इस्राएलको एकजना परमपवित्र हुनुहुन्छ। अनि उहाँलाई सारा पृथ्वीका परमेश्वर भनिनेछ।
जब कुनै जवान मानिसले एउटी स्त्रीलाई प्रेम गर्दछ, उसले त्यही स्त्रीलाई विवाह गर्छ। यस्तै प्रकारले, तिमीहरूका उद्धारक नै तिमीहरूका स्वामी पनि हुनु हुनेछ। एकजना मान्छे आफ्नी नयाँ दुलहीसँग अति खुशी हुँदछ। यस्तै प्रकारले तिम्रो परमेश्वर तिमीसँग खुशी हुनुहुनेछ।”
मैले तिमी प्रति दृष्टि घुमाएँ। मैले देखें तिमी प्रेमको लागि तयार थियौ। यसकारण मैले तिमीलाई लुगा लगाई दिएँ अनि तिम्रो नग्नता छोपिदिएँ। मैले तिमीसित विवाह गर्ने वचन दिएँ। मैले तिमीसँग वाचा बाँधे र शपथ खाएँ अनि तिमी मेरी भयौ।”‘ परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो।
अनि म (परमेश्वर) तिमीलाई सधैंको निम्ति दुलही बनाउँनेछु। म तिमीलाई धर्म र न्यायपूर्वक दृढ प्रेम र माया गरेर दुलही बनाउँनेछु।
परमप्रभु तिम्रो परमेश्वर तिम्रो साथमा हुनुहुन्छ। उहाँ एकजना शक्तिशाली सैनिक जस्तै हुनुहुन्छ। उहाँले तिम्रो रक्षा गर्नु हुनेछ। उहाँले तिमीलाई कति प्रेम गर्नु हुन्छ सो उहाँले देखाउनु हुन्छ। तिमीसित उहाँ कति प्रसन्न हुनुहुन्छ। उहाँ हाँस्नु हुनेछ अनि तिम्रो बिषयमा अतिनै प्रसन्न रहनुहुनेछ।
जसले स्वर्गको मेरो पिताले चाहनु भए झैं गर्दछ उनीहरूनै मेरा भाइ, बहिनी र आमा हुन्।”
बेहुली बेहुलाकै मात्र हो। बेहुलाको साथी जो उसको छेउमा उभिन्छ उसको आवाज सुन्दा आनन्दित हुँदछ, म संग त्यही आनन्द छ अनि अहिले यो आनन्द पूर्ण भएको छ।
यात्रा गर्दा पत्नी जो विश्वासी छ साथमा लिएर हिंड्ने हाम्रो अधिकार छ। छैन र? अरू प्रेरित हरू, प्रभुमा भाइहरू र केफास सबैले यसो गर्छन्।
मलाई तिमीहरूको ईर्ष्या लाग्छ। अनि यो ईर्ष्या परमेश्वरबाट हो। मैले तिमीहरूलाई ख्रीष्टलाई सुम्पने वचन दिएँ ताकि उहाँ तिमीहरूका एक मात्र पति बनून्। म तिमीहरूलाई चाहन्छु।
उहाँ नै एक जसले मानिसलाई पवित्र बनाउँनुहुन्छ र ती पवित्र बनाएकाहरू एउटै परिवारबाट आएका छन्। यसकारण उहाँ तिनीहरूलाई आफ्ना दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू भन्न लजाउनु हुन्न।
हामी खुशी मनाऔं अनि खुशी होऔं अनि परमेश्वरलाई महिमा प्रदान गरौं! परमेश्वरको थुमाको विवाहको आएकोछ। अनि परमेश्वरको थुमाकी बेहुलीले स्वयंलाई तयार पारेकी छे।
अनि मैले पवित्र नगरलाई स्वर्ग अनि परमेश्वर तलतिर झरिरहेको देखेँ। यो पवित्र नगर नयाँ यरुशलेम हो। यसलाई आफ्नो पतिको निम्ति सिंगारिएकी दुलही जस्तै बनाइएको थियो।
सात स्वर्गदूतहरु मध्ये एकजना दूत मेरोमा आए। तिनी स्वर्गदूतहरु मध्येका एक हुन् जसकोमा अन्तिम आखिरी कष्टहरुले भरिएका सात कचौराहरु थिए। ती स्वर्गदूतले भने, “मसित आऊ। म तिमीहरुलाई परमेश्वरको थुमाको दुलही देखाँउछु जो परमेश्वरको थुमाकी पत्नी हो।”