तिम्रा आँखाहरूले मलाई अति उत्तेजित बनाउँछन्। अनि तिम्रो केश लामो र झुमिरहेको छ गिलाद पर्वतबाट तलतिर ओर्लदै गरेका बाख्राहरूको बगाल झैं। यसर्थ तिमीले मलाई नहेर।
Cross references
तब त्यस मानिसले याकूबलाई भने, “मलाई जान देऊ। सूर्योदय भइरहेको छ।”तर याकूबले भन्यो, “जबसम्म तिमी मलाई आशीर्वाद दिंदैनौ म तिमीलाई जान दिने छैन।”
यसकारण मलाई एक्लो छोडिदेऊ मेरो क्रोध तिनीहरूमाथि उठ्नेछ अनि तिनीहरूलाई ध्वंश गरिदिनेछ। तब म तिम्रा सन्तानलाई एउटा ठूलो जाति बनाउनेछु।”
मेरी प्रेमीका, तिमी अत्यन्तै सुन्दरी छौ।आहा! तिमी सुन्दरी छौ। घुम्टोभित्र लुकेका ती तिम्रा आँखाहरू ढुकुरका जस्तै छन् तिम्रा ती लामा केश गिलाद पाहाडबाट ओह्रालो नाच्दै झरिरहेको बाख्राको बगाल झैं छन्।
परमप्रभुले मलाई भन्नुभयो “यर्मिया, यदि यहाँ मोशा र शमूएलले मलाई प्रार्थना गरेको भए पनि म ती मानिसहरूको लागि दुखी हुने थिइन। यहूदाका मानिसहरूलाई मदेखि टाढा पठाऊ। तिनीहरूलाई जाऊ भन।
त्यस स्त्रीले भनी, ‘हो प्रभु, तर कुकुरहरूले आफ्नो मालिकको टेबलबाट झरेको रोटीका टुकाहरू खान्छन्।”