अबीगेलले शिर झुकाइन् र भनिन्, “म तपाईंको दासी हुँ। म तपाईंको सेवा गर्न राजी छु। म मेरो स्वामी दाऊदका सेवकहरूका खुट्टा धुन तयार छु।”
Cross references
म तपाईंको पाउ धुनको निम्ति पानी लिएर आउँछु। तपाईंहरू रूखमुनि विश्राम गर्नुहोस्।
तब रूथले भूइँ तिर निहुरिएर शिर झुकाइन्। तिनले बोअजलाई भनिन्, “मलाई आश्चर्यलाग्यो तपाईंले मलाई ध्यानदिनु भयो। म एक नौली महिला हुँ। तर तपाईंले मलाई खूबै दया गर्नु भयो।”
तब रूथले भनिन्, “महाशय, तपाईं मेरो निम्ति अत्यन्त दयावन्त हुनु भयो। म केवल एक सेविका हुँ। म तपाईंका यी स्त्री कामदार जतिको पनि छुईनँ। तर तपाईंले मलाई दयापूर्ण वचन भनेर मलाई सान्त्वना दिनुभयो।”
त्यति नै बेला अबीगेल आइपुगिन्। अबीगेलले दाऊदलाई देख्न साथ गधाबाट ओर्लिन् र दाऊदको अघि शिर झुकाईन्।
परमप्रभुको डरले मानिसमा बुद्धि सिकाउँछ। आदर पाउँनु भन्दा अघि नम्रता आउँछ।
मानिसको पतन हुनु अघि उसको मनमा अहंकार आउँछ तर नम्रता आदरको अघि आउँछ।
पिताले येशूलाई सबै कुरामाथि शक्ति दिनुभएको थियो। येशूले यी कुराहरू जान्नु हुन्थ्यो। उहाँ यो पनि जान्नु हुन्थ्यो कि उहाँ परमेश्वरबाट आउनु भएको हो। अनि परमश्वर तर्फै र्फकिरहनु भएको थियो भन्ने पनि जान्नु हुन्थ्यो।
उसले राम्रो कामहरू गरिन् भनेर उनी जानिएको हुनुपर्छ। जस्तो आफ्ना बालबच्चाको पालन-पोषण गर्ने, मानिसहरूको सत्कार गर्ने, परमेश्वरका मानिसहरूको पाउ धुने, कष्टमा परेका मानिसहरूको सहायता गर्ने र आफ्नो जीवनलाई हर प्रकारको असल काममा लगाउनेहरू।