यस नयाँ जीवनमा ग्रीक र यहूदीहरू बीच कुनै भिन्नता छैन। खतना गरेका र नगेरका मानिसहरू अथवा विदेशी वा सिथियान बीच कुनै अन्तर छैन। कमरा र फुक्का मानिस वीच कुनै फरक छैन। तर ती सब विश्वासीहरूमा ख्रीष्ट हुनु हुन्छ र ख्रीष्ट नै सर्वोपरी हुनुहुन्छ।
Cross references
परमेश्वरले हामीलाई असाध्यै प्रेम गर्नुहुन्छ! अनि परमेश्वर सदा-सर्वदाको निम्ति हाम्रो विश्वासयोग्य हुनुहुनेछ। परमप्रभुको प्रशंसा गर!
त्यस समयमा मानिसहरू अश्शूरबाट मिश्र अनि मिश्रबाट अश्शूर जानेछन्। मिश्र र अश्शूरका मानिसहरूसँगै आराधना गर्नेछन्।
“तिमी मेरो एक मुख्य दास हौ। इस्राएलका मानिसहरू कैदी छन्, तर तिनीहरूलाई मकहाँ फर्काई ल्याउनेछु। याकूबका वंशहरू मकहाँ फर्की आउनेछन्। तर, तिमीसँग अर्को काम छ यो त्यो भन्दा पनि अझ मुख्य छ। सारा जातिहरूका लागि म तिमीलाई ज्योति बनाउनेछु। तिमी पृथ्वीमा भएका सारा मानिसहरूलाई बचाउने मेरो बाटो हुनेछौ।”
परमप्रभुले आफ्नो पवित्र बाहुबल सारा जातिहरूलाई देखाउनु हुनेछ। टाढामा भएका सारा राष्ट्रहरूले परमप्रभुले कसरी आफ्ना मानिसहरूको उद्धारलाई देख्नेछन्।
“म जान्दछु, ती मानिसहरूसँग नराम्रो विचारहरू थिए र नराम्रो कामहरू गरे। यसकारण म तिनीहरूलाई दण्ड दिन आइरहेकोछु। म सबै राष्ट्रहरू र मानिसहरू बटुल्नेछु। सबै मानिसहरूसँगै आउनेछन् अनि मेरो शक्ति देख्नेछन्।
हे परमप्रभु, तपाईं मेरो बल र मेरो संरक्षण हुनुहुन्छ। तपाईं संकटको बेलामा दौडेर जाने एक सुरक्षित ठाउँ हुनुहुन्छ। सारा पृथ्वीका कुना-कुनारीट जातिहरू तपाईंकहाँ आउँछन्। तिनीहरू भन्छन्, “हाम्रा पिता-पुर्खाहरूकहाँ झूटा देवताहरू थिए। तिनीहरूले ती महत्वहीन मूर्तिहरू पूजे, जुन मूर्तिहरूले तिनीहरूलाई मद्दत गर्दैन।”
म तिनको धर्तीमा धेरै बिऊहरू छर्नेछु। अनि लो-रूहामालाई म दया देखाउने छु। अनि लो-अम्मीलाई म भन्नेछु, ‘तिमीहरू मेरा मानिसहरू हौ।’ अनि तिनीहरूले मलाई भन्ने छन्, ‘तपाईं हाम्रो परमेश्वर हुनुहुन्छ।”‘
ताकि एदोममा बाँकी रहेका मानिसहरु र राष्ट्रहरु जो मेरो नाउँले (यहोवा) कहलाइन्छन् तिनीहरु लिनलाई परमप्रभु जसले यी सब गर्ने घोषणा गर्नु हुन्छ।”
धेरै मानिसहरु त्यहाँआएर भन्नेछन्, “आऊ हामी परमप्रभुको पहाड, याकूबको परमेशवरको मन्दिरमा जाउँ, र उहाँले हामीलाई आफ्नो मार्ग सिकाउँनु हुनेछ। हामीहरु उहाँको मार्गमा हिंड्नेछौं।” किनभने व्यवस्था सियोनबाट र परमप्रभुको वचन यरूशलेमबाट निस्कने छन्।
त्यससमय धेरै जातिका मानिसहरु परमप्रभु कहाँ आउँनेछन्, अनि तिनीहरु मेरा मानिस हुनेछन्। म तिमीहरुको बीचमा बस्नेछु। अनि तिमीहरुले जान्नेछौ कि सर्वशक्तिमान परमप्रभुले मलाई तिनीहरुकहाँ पठाउनु भएको हो।”
सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “भविष्यमा बिभिन्न शहरहरूबाट मानिसहरू यरूशलेममा आउँनेछन्।
“सूर्योदय देखि सूर्यास्त सम्म मानिसहरूले मेरो सम्मान गर्छन्, ती सबैले मेरो निम्ति राम्रा-राम्रा भेटीहरू ल्याउँछन्। तिनीहरूले मेरो भेटीको रूपमा राम्रा धूपबाल्छन्। किन? किनभने मेरो नाउँ ती सम्पूर्ण मानिसहरूको निम्ति महत्वपूर्ण छ।” सर्वशक्तिमान परमप्रभुले यी सबै कुराहरू भन्नु भयो।
“यहाँ मेरो दास छ; मैले उसलाई चुनेको हुँ। म उसलाई प्रेम गर्छु अनि म उसित खुशी छु। म मेरो आत्मा उसमा हालिदिनेछु। अनि उसले नै अन्य राष्ट्रहरूमाथि न्यायको घोषणा गर्नेछ।
जसले मेरो शरीर खान्छ र रगत पिउँदछ तब त्यो मानिस मभित्र र म ऊभित्र हुनेछ।
येशूले भन्नुभयो, “यदि कसैले मलाई प्रेम गर्छ भने, उसले मेरो शिक्षा पालन गर्दछ। अनि मेरो पिताले पनि तिनलाई प्रेम गर्नुहुन्छ। म र मेरा पिता तिनीकहाँ आउनेछौं र तिनीसंगै बस्नेछौं।
“म दाखको बोट हुँ र तिमीहरू त्यसका हाँगाहरू हौ। यदि जो कोही ममा रह्यो भने त्यसले धेरै फल दिनेछ। किनभने म बिना तिमीले केही गर्न सक्तैनौ।
जस्तो म तिनीहरूमा अनि तपाईं ममा तिनीहरू एकरूपले एक होऊन् तव त्यसबाट संसारले जान्नेछ कि मलाई तपाईंले पठाउनु भएको हो अनि संसारले जान्ने छ तपाईंले तिनीहरूलाई प्रेम गर्नुहुन्छ जस्तो तपाईंले मलाई प्रेम गर्नुहुन्छ।
पत्रुसले बोल्न शुरू गरे, “अब मैले साँच्चै बुझ्नु कि परमेश्वरको निम्ति सबै मानिसहरू एक समान हुन्।
तर पावल र बर्णाबासले निडर भएर बोले। “परमेश्वरको सन्देश पहिला तिमी यहूदीहरूलाई भन्न आवश्यक थियो। तर तिमीहरूले सुन्न अस्वीकार गर्यौ। तिमीहरू आफैले आफूलाई अनन्त जीवनको निम्ति अयोग्य ठान्यौ अब हामी अन्य जातिहरू तर्फ र्फकनेछौं।
ताकि अन्य सबै मानिसहरूले प्रभुलाई खोज्नेछन् अन्य सबै गैर-यहूदीहरू पनि मेरा आफ्ना मानिसहरू हुन्। प्रभुले त्यसै भन्नु भयो। अनि उहाँ मात्र एक हुनुहुन्छ जसले सबै यी चीजहरू गर्नुहुन्छ।
म तिम्रो आफ्नै मानिसहरूलाई तिमीमाथी घात पार्न दिने छैन। अनि म तिमीलाई गैर-यहूदीहरूबाट पनि जोगाउने छु। म तिमीलाई ती मानिसहरू कहाँ पठाउँदैछु।
पानी परिरहेको थियो र जाडो थियो। तर त्यहाँका रैथाने मानिसहरू हामीरूसित साथी झैं भए। तिनीहरूले हाम्रो लागि आगो बालिदिए र हामी सबैलाई निम्तो गरे।
त्यहाँ बस्नेहरूले पावलको हातमा साँप झुण्डिरहेको देखे। तिनीहरूले भने, “यो मान्छे हत्यारा हुनै पर्छ। उ पानीमा मरेन, तर न्यायले उसलाई बाँच्न दिएन।”
मलाई लाग्छ मैले सबै मानिसहरूको सेवा गर्न परेको छः ग्रीकहरू, गैर-ग्रीकहरू, ज्ञानी र मूर्ख मानिसहरू।
परमेश्वर यहूदीहरूका मात्र परमेश्वर हुनुहुन्न। उहाँ गैर-यहूदीहरूका पनि परमेश्वर हुनुहुन्छ।
यो कसरी हुन गयो? के परमेश्वरले अब्राहामलाई उनले खतना गर्न अगाडी अथवा खतना गरे पछाडी स्वीकार गर्नुभयो? परमेश्वरले उनलाई खतना गर्न अगाडी स्वीकार गर्नु भएको थियो।
किनभने तिमीहरूको शरीर पापले गर्दा मरेकोछ। तर यदि तिमीमा ख्रीष्ट हुनुहुन्छ भने, तब आत्माले जीवन दिंदछ जस्तो ख्रीष्टले तिमीहरूलाई परमेश्वरसित धर्मी तुल्याउनु भयो।
हामी तिनै मानिसहरू हौं। परमेश्वरले हामीलाई यहूदी र गैर-यहूदी दुवै सम्प्रदायबाट चुन्नु भएको छ।
यसकारण यी सबले के बुझाउँछ? यसको तात्पर्य होः गैर-यहूदीहरूले धर्मी बन्न खोजिरहेका थिएनन्। तर तिनीहरू विश्वासमा आधारित धर्मी बनाइए।
किनभने यहूदी र गैर-यहूदीहरूमा भिन्नता छैन। उहाँनै परमप्रभु सबैका लागि प्रभु हुनुहुन्छ। ज-जसले उहाँमा विश्वास राख्दछ ती सबैलाई उहाँ पूर्ण आशिष दिनुहुन्छ।
ख्रीष्ट सेवक बन्नु भयो ताकि गैर-यहूदीहरूले परमेश्वरप्रति उहाँको करूणाको प्रशंसा गरून्। धर्मशास्त्रले भन्छः“यसैले म गैर-यहूदीहरूमा तिमीहरूलाई धन्यावाद दिनेछु, म तिमीहरूको नामको स्तुति गाउनेछु।”
उहाँको अधि कसैले घमण्ड नगरोस् भनेर नै परमेश्वरले यसो गर्नु भएको हो।
यसैले तिमीहरूले मानिसहरूको गर्व गर्नु पर्दैन। किनभने सबै थोक तिमीहरूकै हो
मानिस खतना गरिएको छ कि छैन त्यो कुनै मुख्य कुरो होइन। खास कुरो त परमेश्वरको आज्ञाको पालन गर्नु हो।
परमेश्वरले तिमीलाई बोलाउँदा तिमी कमारा थियौ भने त्यसको परवाह नगर। तर तिमी मुक्त हुन सक्छौ भने तिमीलाई दिएको मौकाको प्रयोग गर।
हामीहरूमा कति यहूदीहरू छौं र कति गैर-यहूदीहरू छौ। हामीहरूमा कति कमाराहरू छौं र कति मुक्त छौ। तर हामी सबै एउटै शरीर बनिनु बप्तिस्मा पाएका छौं। हामी सबैले त्यही एउटै आत्मा पाएका छौं।
यसैकारण, यदि कसैले मलाई केही भनेको अर्थ मैले बुझिन भने म संझन्छु उसले विदेशी कुरा गर्दैछ र उसले मलाई विदेशी संझन्छ।
यसैले म बाँचिरहेको छैन तर ख्रीष्ट हुनुहुन्छ जो ममा बाँचिरहनु भएकोछ। म मेरो शरीरमा अझै जीवित छु तर म परमेश्वरका पुत्रको विश्वासमा जीवित छु। मलाई उहाँले प्रेम गर्नु भयो अनि मलाई बचाउन उहाँले मेरो निम्ति आफैलाई अर्पण गर्नु भयो।
अब ख्रीष्टमा कुनै मानिस यहूदी अथवा ग्रीक , कमारा अथवा फुक्का अनि स्त्री अथवा पुरुषमा पनि कुनै भिन्नता भएन। किनभने ख्रीष्ट यशूमा तिमीहरू सब एक हौ।
कोही ख्रीष्ट येशूमा छ भने त्यसको खतना भएको छ कि छैन त्यो कुनै मुख्य कुरो होइन। तर मुख्य कुरो त हो विश्वास जुन प्रेमबाट आफै प्रकट हुन्छ।