Home Bibles ☰ Books गलाती 3:6 · नेपाली बाइबल
गलाती 3:6 · नेपाली बाइबल

अब्राहामको बारेमा शास्त्रले त्यही भन्छ। “अब्राहामले परमेश्वरलाई विश्वास गरे अनि परमेश्वरले उनको विश्वासलाई स्वीकार गर्नु भयो। त्यसैले अब्राहामलाई परमेश्वरको धर्मी ठहराऊनुभयो।”

Cross references

उत्पत्ति 15:6

अब्रामले परमेश्वरलाई विश्वास गरे अनि परमेश्वरले अब्रामको विश्वासलाई विचार गर्नुभयो कि उसले वास्तवमा के गराउन चाहन्थे।

रोमी 4:3

धर्माशस्त्रले भन्छ, “अब्राहामले परमेश्वरमाथि विश्वास गरे। अनि उनको विश्वास परमेश्वरले एक धर्मीको रूपमा गन्नुभयो।”

रोमी 4:9

यस्ता आशिष त्यस्ता मानिसहरूलाई मात्र हो जसले खतना गरेका छन्? अथवा ती खतना नगर्नेहरूलाई पनि हो? हामीले भनिसेकेका छौं अब्रहामको विश्वास एउटा धर्मीको रूपमा गनिएको थियो।

रोमी 4:21

आफूले दिनुभएको प्रतिज्ञा पूर्ण गर्नमा परमेश्वर सामर्थी हुनुहुन्छ भन्ने कुरामा अब्राहाम पूर्णरूपले निश्चिन्त थिए।

रोमी 4:24

ती शब्दहरू हाम्रो निम्ति पनि थियो। परमेश्वरले हामीलाई पनि ग्रहण गर्नुहुन्छ जसले उहाँमा विश्वास गर्दछ, जसले हाम्रा प्रभु येशूलाई मृत्युबाट बौराउन भयो।

रोमी 9:32

किन असफल भए? किनभने, आफ्ना कामहरूको आधारमा तिनीहरूले आफैलाई धर्मी बनाउने कोशिश गरे, विश्वासको आधारमा होइन। तिनीहरू त्यस ढुँगामा ठेस लागेर लडे जसले मानिसलाई लडाउँछ।

2 कोरिन्थी 5:19

मेरो भन्नुको तात्पर्य संसार र आफू माझा शान्ति बनाउँदै परमेश्वर ख्रीष्टमा हुनुहुन्थ्यो। ख्रीष्टमा परमेश्वरले मानिसहरूलाई तिनीहरूको पापहरूक निम्ति दोषी ठहराऊनु भएन। अनि उहाँले मानिसहरूलाई भन्नु हामीलाई यो शान्ति समाचार दिनु भयो।

गलाती 3:9

अब्राहामले यो विश्वास गरे अनि उनि आषिशीत भए। आज पनि यो त्यस्तै छ। जस-जससित विश्वास थियो तिनीहरू सबैले अब्राहामले जस्तै आशीर्वाद पाए।

याकूब 2:23

यसैले धर्मशास्त्रको अर्थ स्पष्ट झल्काउँछ “अब्राहामले परमेश्वरमाथि विश्वास गरे अनि परमेश्वरले अब्राहामको विश्वास स्वीकार गर्नु भयो अनि परमेश्वरले अब्राहामलाई धार्मिक मान्नु भयो।”अब्राहामलाई “परमेश्वरको मित्र मानिन्थ्यो।”

Interlinear

Choose Theme