Home Bibles रोमी 14:13 · नेपाली बाइबल
रोमी 14:13 · नेपाली बाइबल

यसैले एक अर्कालाई जाँच्ने काम बन्द गरौं। त्यसको सट्टामा तिमीले दाज्यु-भाइका वा दिदी-बहिनीका बाटोमा वाधा नहाल्ने वा केही त्यस्तो नर्गने निश्चय गर जसले गर्दा ती पाप गर्न तिर लग्लान्।

Cross references

लेवी 19:14

“बहिरका मानिसलाई नसराप। अन्धालाई लडाउने हेतुले उसको बाटोमा केही नराख। आफ्ना परमेश्वरको सम्मान गर्नुपर्छ। म परमप्रभु हुँ।

2 शमूएल 12:14

तर तिमीले जे गर्यौ त्यसले गर्दा परमप्रभुका शत्रुहरूले उहाँलाई आदर गर्न छोडे। यही कारण तिम्रो काखको छोरा मर्नेछ।”

यशैया 57:14

बाटो शुद्ध पार, बाटो शुद्ध पार! मेरा मानिसहरूका लागि बाटो शुद्ध पार।

इजकिएल 14:3

“हे मानिसको छोरो! यी मानिसहरू तिमीसित बात गर्न आएकाछन्। तिनीहरू चाहन्छन् तिमीले मसँग सल्लाह लेउन्। तर ती मानिसहरूले आज सम्म आफ्ना घिनलाग्दो मूर्तिहरू राखेकै छन्। तिनीहरू ती चीजहरू राख्छन् जसले तिनीहरूलाई पाप गराउँछन्। तिनीहरू आज सम्म त्यही मूर्ति पूजा गरिरहेकाछन्। यसकारण, तिनीहरू मकहाँ सल्लाह लिन किन आउँछन्? के मैले उनीहरूको प्रश्नहरूको उत्तर दिनुपर्छ? अहँ!

मत्ती 7:1

“अरू प्रति निसाफ नगर, जस्तो कि परमेश्वरले पनि तिमीहरूको निसाफ गर्नु हुनेछैन।

मत्ती 16:23

तब येशूले पत्रुसतिर फर्केर भन्नुभयो, “तिमी म देखि टाढो जाऊ, शैतान! मेरो पक्षमा छैनौ। परमेश्वरले सोच्नु भएको जस्तो तिमीले सोच्दैनौ। तिमी मानिसहरूले सोचे जस्तै।”

मत्ती 18:7

जुन कारणले मानिसहरूलाई पाप गराउँछ यस संसारमा म ती मानिसहरूको निम्ति दुख मान्छु। यस्तो घटना हुनैपर्छ। तर यस्तो गर्ने मानिसहरूलाई कहिल्यै राम्रो हुनेछैन।

लूका 12:57

“के चाँहि सही हो भन्ने तिमीहरू माझ किन निर्णय लिन सक्तैनौ? तब तिमीहरू किन बुझ्न सक्तैनौ अहिले के भइरहेको छ?

लूका 17:2

त्यो मानिस जो दुर्वल मानिसहरूमाथि अन्याय गर्छ त्यसले कठोर प्रतिफल भोग्नु पर्छ। तर त्यसको लागि गलामा जाँतो बाँधेर सागरमा फ्याँकिनु असल हुनेछ।

रोमी 9:32

किन असफल भए? किनभने, आफ्ना कामहरूको आधारमा तिनीहरूले आफैलाई धर्मी बनाउने कोशिश गरे, विश्वासको आधारमा होइन। तिनीहरू त्यस ढुँगामा ठेस लागेर लडे जसले मानिसलाई लडाउँछ।

रोमी 11:9

अनि दाउद भन्छन्“तिनीहरूका भोजहरूमा, तिनीहरू पासोमा परून् र पक्राउ खाऊन्। तिनीहरूले ठोक्कर खाउन् र ती लडून्, तिनीहरू दण्डित होऊन्।

रोमी 14:4

तिमीले अरूको सेवकलाई जाँच्न सक्तैनौ। उसको स्वामीले मात्र त्यसको ठीक र बेठीकको निणर्य गर्नसक्छ। अनि परमप्रभुको सेवक ठीक बन्नेछ किनभने प्रभु तिनलाई ठीक बनाउनु सामर्थी हुनुहुन्छ।

रोमी 14:10

तब तिमी ख्रीष्टमा भाइ भनेर किन जाँच्छौ? अथवा तिमीले आफूलाई आफ्ना दाज्यु-भाइ भन्दा ठूला किन ठान्छौं? हामी सबैजना परमेश्वरका सम्मुख उभिनु पर्छ। अनि उहाँले हामीसबैलाई जाँच्नु हुन्छ।

रोमी 16:17

दाज्यू-भाइहरू र दिदी-बहिनीहरू, परस्परमा फूट ल्याउनेहरूसँग होशियार बस। अरूहरूको विश्वासमा बाधा ल्याउनेहरूसँग पनि होशियार बस। तिमीहरूले पाएको शिक्षाको उल्टो तिनीहरूले सिकाउँछन्। ती मानिसहरूबाट अलग बस।

1 कोरिन्थी 8:9

तर आफ्नो स्वतन्त्रताको ख्याल राख ताकि तिम्रो स्वतन्त्रताले गर्दा ती कमजोर विश्वास भएका मानिसहरू पापमा नपरून्।

1 कोरिन्थी 10:32

त्यस प्रकारले कुनै काम नगर जसले अरूको विचारमा चोट पुर्याउनु सक्छः जस्तै यहूदीहरू, ग्रीकहरू अथवा परमेश्वरको मण्डली।

1 कोरिन्थी 11:13

यो आफै निर्णय गर के स्त्रीले आफ्नो शिर नढाकी प्रार्थना गर्नु ठीक होला?

2 कोरिन्थी 5:14

ख्रीष्टको प्रेमले हामीलाई वशमा राख्दछ। किनभने हामी जान्दछौं हामी सबैको लागि ख्रीष्टले मृत्युलाई सहनु भयो।

2 कोरिन्थी 6:3

मानिसहरूले हाम्रा काममा कुनै भुल नभेटुन् भन्ने हामी चाहन्छौ। त्यसैले अरु मानिसहरूकोलागि समस्या बन्ने कुनै काम हामी गर्दैनौं।

फिलिप्पी 1:10

म प्रार्थना गर्छु कि तिमीहरू असल र खराबको भेद छुट्टयाउन योग्य होऊ, अनि के असल हो, चुन्नु योग्य होऊ ताकि ख्रीष्ट येशू जुन दिन आउँनु हुन्छ तिमीहरू पवित्र औ दोषरहित हुन सक्छौ।

1 तिमोथी 5:14

यसकारण म चाहन्छु कि तरूणी विधवाहरूले विवाह गरून्, बालकहरू जन्माउन् र आफ्नो घरको देखभाल गरून्। यदि तिनीहरूले यसो गरे हाम्रा शत्रुहरूले तिनीहरूको आलोचना गर्ने अवसर पाउने छैनन्।

याकूब 2:4

तिमीहरू के गरिरहेछौ? तिमीहरूले कुनै एक व्यक्तिलाई भन्दा अर्को व्यक्तिलाई अधिक महत्व दिइरहेकाछौ। तिमीहरूको दुष्ट मनले निर्णय लिइरहेका छौ, एक मानिस भन्दा अर्को मानिस राम्रो छ।

याकूब 4:11

भाइ अनि बहिनीहरू, एक अर्काको विरूद्ध केही पनि नभन। जब तिमीहरू ख्रीष्टमा विश्वासी भाइलाई जाँच्छौ, तब तिमीहरू उनले अनुसरण गरेको नियम जाँच गरिरहेछौ। अनि जब तिमीहरू नियमको जाँच गरिरहेका हुन्छौ, तिमीहरू नियम अनुसरण गर्ने हुँदैनौ। तर तिमीहरू व्यवस्थाको न्यायकर्त्ता भयौ।

1 यूहन्ना 2:10

जसले आफ्ना भाइ अनि बहिनीहरुलाई प्रेम गर्छ, त्यो प्रकाशमा बसेको हुन्छ अनि जसले पाप गराँउछ त्यस्तो त्यस व्यक्तिमा केही पनि हुँदैन।

प्रकाश 2:14

“तर तिमीहरुका विरुद्ध मेरा केही कुराहरु छन् तिमीहरुको समुदायमा केही मानिसहरु छन् जो बालामको शिक्षा पालन गर्छन्। इस्राएलका मानिसहरुलाई मूर्ति अघि चढाइएका बलि खानु र यौन पाप गर्नु प्रलोभित पार्नु बालामले बालकलाई सिकाए।

Interlinear

Choose Theme