Home Bibles ☰ Books रोमी 14:4 · नेपाली बाइबल
रोमी 14:4 · नेपाली बाइबल

तिमीले अरूको सेवकलाई जाँच्न सक्तैनौ। उसको स्वामीले मात्र त्यसको ठीक र बेठीकको निणर्य गर्नसक्छ। अनि परमप्रभुको सेवक ठीक बन्नेछ किनभने प्रभु तिनलाई ठीक बनाउनु सामर्थी हुनुहुन्छ।

Cross references

व्यवस्था 33:27

परमेश्वर सधैं बाँच्नु हुन्छ। उहाँ तिम्रो सुरक्षित ठाउँ हुनुहुन्छ। परमेश्वरको क्षमता सधैंका लागि रहन्छ। उहाँ तिमीहरूको रक्षा गर्नु हुँदैछ। परमेश्वरले तिमीहरूका शत्रुहरूलाई तिमीहरूको भूमिबाट खेद्नु हुनेछ। उहाँ भन्नु हुन्छ, ‘शत्रुलाई ध्वंश पार।’

भजनसंग्रह 17:5

मैले तपाईंको पथ अनुशरण गरेकोछु। मेरो पाइलाहरूले तपाईंले बताउनु भएको बाँच्ने तरिका कहिल्यै छोडेका छैनन्।

भजनसंग्रह 37:17

किन? किनभने दुष्ट मानिसहरू ध्वंश हुनेछन्, तर परमप्रभुले धार्मिक मानिसहरूको हेरचाह गर्नु हुनेछ।

भजनसंग्रह 37:24

यदि त्यो सिपाहीले दगुरेर आफ्ना शत्रुलाई आक्रमण गर्छ भने परमप्रभुले उसको हात समात्नु हुनेछ, र उसलाई युद्ध गर्नुबाट जोगाउनु हुनेछ।

भजनसंग्रह 37:28

परमप्रभुले न्याय मन पराउनु हुन्छ, उहाँले आफ्ना भक्तजनहरूलाई खाली हात छोडनु हुन्न। परमप्रभुले आफ्ना भक्तजनहरूलाई सधैं रक्षा गर्नुहुन्छ तर कपटी मानिसहरूलाई नाश गर्नु हुनेछ।

भजनसंग्रह 119:116

हे परमप्रभु, तपाईंले वचन दिए जस्तै मलाई सघाउनु होस्, अनि म बाँच्ने छु। म तपाईंमा भरोसा राख्छु यसर्थ मलाई असन्तुष्ट नपार्नु होस्।

यशैया 40:29

परमप्रभुले दुर्वल मानिसहरूलाई बलियो पार्न सहयोग गर्नु भयो। उहाँले नै दुर्वल मानिसहरूलाई शक्तिशाली बनाउनु हुन्छ।

यूहन्ना 10:28

म मेरा भेडाहरूलाई अनन्त जीवन दिंदछु। तिनीहरू कहिल्यै मर्ने छैनन्। अनि कसैले पनि तिनीहरूलाई मेरो हातबाट खोसेर लान सक्तैन।

प्रेरित 11:17

प्रभुले ती मानिसहरूलाई त्यही उपहार दिनु भयो जुन हामीलाई दिनुभएको थियो जसले प्रभु येशू ख्रीष्टमाथि विश्वास गरे। तब म को हुँ परमेश्वर को काम बन्द गर्ने?”

रोमी 8:31

यसकारण यस विषयमा हामीले के भन्ने? यदि परमेश्वर हाम्रो निम्ति हुनुहुन्छ भने, हामीलाई कसले पराजय गर्न सक्छ?

रोमी 9:20

हे मानिस, तिमी आफूलाई को हुँ भन्ने सम्झन्छौ? परमेश्वरलाई प्रश्न गर्ने तिमी को हौ? के एउटा माटाको हाँडीले कुमालेलाई “मलाई किन यस्तो बनायौ” भनेर सोध्छ?

रोमी 11:23

अनि यदि यहूदीहरूले परमेश्वरमा फेरि विश्वास राख्न थाले, परमेश्वरले तिनीहरूलाई फेरि ग्रहण गर्नुहुनेछ। परमेश्वरमा तिनीहरूलाई फेरि फर्काई ल्याउने क्षमता छ जहाँ तिनीहरू पहिले थिए

रोमी 14:3

अनि जे पनि खान सक्छु भन्ने मानिसले त्यो साग-सब्जी मात्र खाने मानिस भन्दा उत्तम छु भनेर आफूलाई ठान्नु हुँदैन। अनि साग-सब्जी मात्र खाने मानिसले पनि सबै खाने मानिस गल्ती हो भनेर सोच्नु हुँदैन। परमेश्वरले ती दुवैलाई ग्रहण गर्नुहुन्छ।

रोमी 16:25

परमेश्वरको महिमा होस्। परमेश्वरले मात्र तिमीहरूका विश्वासलाई बलियो पार्न सक्नु हुन्छ। उहाँले सुसमाचारको प्रयोग गर्नुसक्नु हुन्छ जुन म तिमीहरूको विश्वास दरिलो बनाउन प्रचार गर्दछु। त्यो सुसमाचार जुन म प्रचार गर्छु त्यो येशू ख्रीष्टको बारेमा छ।

Interlinear

Choose Theme