मण्डली भनेको ख्रीष्टको शरीर हो। मण्डली ख्रीष्टले परिपूर्ण छ जसले सब थोक सब तरह ले भरिपूर्ण गरिदिन्छ।
Cross references
उहाँ वचन अनुग्रह र सत्यको भण्डार हुनुहुन्छ। हामीले उहाँबाट धेरै आशिष पाएका छौं।
तिमीले शासकको आज्ञा मान्नै पर्छ, तिमीले मान्नै पर्छ किन कि मानेनौ भने तिमीले दण्ड पाउन सक्छौ। तिमीले मान्नु पर्छ किनभने तिमी जान्दछौ कि असल काम गरिनु पर्छ।
अनि परमेश्वरले मानव जातिमा गर्ने कामका उपायहरू एउटै परमेश्वरबाट हुन्। प्रत्येक कुरो गर्न परमेश्वरले हामी सबैमा काम गर्नु हुन्छ।
मानिसको शरीर एउटै मात्र हो तर यसका अनेक अंगहरू हुन्छन्। हो, शरीरका धेरै अंगहरू छन्, तर ती सब अंगहरूले एउटै शरीर बनाउँछन्। ख्रीष्ट पनि त्यस्तै हुनुहुन्छः
जब प्रत्येक थोक ख्रीष्टको अधीनमा राखिनु भयो। परमेश्वरनै एक हुनु हुन्छ जसले सब कुछ ख्रीष्टको अधीनमा राख्नु भयो। ख्रीष्ट तब पुत्र आफै पनि परमेश्वरको अधीनमा राखियो। परमेश्वरको अधीनमा राखिएको छ, तब परमेश्वर सब कुराको पूर्ण शासक हुनु हुन्छ।
क्रूसद्वारा ख्रीष्टले दुइ समूह बीचको घृणा समाप्त गराइदिनु भयो अनि तिनीहरूलाई एउटा शरीरमा सम्मिलित गराउनु भयो। ख्रीष्टले तिनीहरूलाई परमेश्वरतिर तान्न चहानु हुन्थ्यो। उहाँले यो कामको घृणालाई क्रूसमा मारेर गर्नुभयो।
ख्रिष्टको प्रेम मानव समझ भन्दा बाहिर छ।
शरीर एउटै छ र आत्मा एउटै छ। आशा पनि एउटै छ जसकोलागि परमेश्वरले तिमीहरूलाई बोलाए।
येशू तल आउनु भयो र उहाँ नै हुनुहुन्छ जो माथि जानु भयो। उहाँ सबभन्दा अल्गो आकाशमा जानु भयो। त्यो आफुमा पूर्ण होस् भनेर ख्रीष्टले यस्तो गर्नुभयो।
ख्रीष्ट-परिवारलाई मजबूत बनाउनु भनी परमेश्वरका मानिसहरूलाई आफ्नो सेवामा तयार पार्नु ख्रीष्टले ती वरदानहरू दिनुभयो। यसले गर्दा ख्रीष्टको शरीर ताकि ख्रीष्टको शरीर बलियो बनियोस्।
जस्तो येशू ख्रीष्ट मण्डलीका शिर हुनुहुन्छ, पति पत्नीका शिर हुन्। मण्डली ख्रीष्टको शरीर हो, त्यसरी ख्रीष्ट शरीरमा रक्षक हुनुहुन्छ।
ख्रीष्ट शरीरको शिर हुनुहुन्छ। शरीर मण्डली हो। अनि उहाँ प्रभुहुनुहुन्छ जो मृत्युबाट प्रभु बौर्याइनुभएको थियो। यसैले सबै कुरामा येशू नै एक अति महत्वपूर्ण हुनु हुन्छ।
तिमीहरूकालागि दुःखहरू उठाउनु परेकोमा म खुशी छु। ख्रीष्टको शरीरले दुःख झेल्नु पर्ने अझै धेरै छ। जो मेरो शरीरले पाउनु पर्ने कष्टहरू हुन म ग्रहण गरिरहेकोछु। म उहाँको शरीर-मण्डलीको निम्ति दुःख उठाउँछु।
परमेश्वरको सम्पूर्णता ख्रीष्टमा शारिरीक रूपमा छ।
यस नयाँ जीवनमा ग्रीक र यहूदीहरू बीच कुनै भिन्नता छैन। खतना गरेका र नगेरका मानिसहरू अथवा विदेशी वा सिथियान बीच कुनै अन्तर छैन। कमरा र फुक्का मानिस वीच कुनै फरक छैन। तर ती सब विश्वासीहरूमा ख्रीष्ट हुनु हुन्छ र ख्रीष्ट नै सर्वोपरी हुनुहुन्छ।
ख्रीष्टको शान्तिले तिमीहरूको हृदयलाई नियन्त्रण गरोस। तिमीहरूले शान्ति पाऊ भनी एउटै शरीरमाबोलाईएका छौ। सदा सर्वदा धन्य होऊ।