Home Bibles ☰ Books प्रकाश 8:9 · नेपाली बाइबल
प्रकाश 8:9 · नेपाली बाइबल

अनि एक-तिहाइ समुद्रका प्राणीहरु मरे, अनि एक-तिहाइ जहाजहरु नष्ट भए।

Cross references

प्रस्थान 7:21

पानीका माछाहरू मर्न थाले अनि नदीको पानीबाट कुहेको गन्ध आउन थाल्यो। यसर्थ मिश्रका मानिसहरूले नदीबाट पानी पिउन सकेनन्। मिश्रमा जता ततै रगत भयो।

भजनसंग्रह 48:7

हे परमेश्वर तपाईंले शक्तिशाली पूर्वेली बतास चलाउनु भयो अनि तिनीहरूका ठूल-ठूला जहाजहरू सबै भताभुङ्ग पारिदिनु भयो।

यशैया 2:16

ती घमण्डीहरू तर्शीशको विशाल जहाजहरू जस्तै हुन्। ती जहाजहरू बहुमूल्य सामानहरूले भरिएको छन्। तथापि परमेश्वरले ती घमण्डी मानिसहरूलाई दण्ड दिनु हुनेछ।

यशैया 23:1

सोरको विषयमा शोक सन्देश “हे तर्शीशका जहाजहरू हो! शोक मनाऊ! तिमीहरूको बन्दरगाह ध्वंश गरिएकोछ। जहाजहरूमा भएका मानिसहरूलाई सूचना दिइयो जब तिनीहरू कित्तिमहरूको भूमिबाट आफ्नो लक्ष्यतिर गईरहेका थिए।

जकरिया 13:8

परमप्रभु भन्नुहुन्छ, “देशका दुई तिहाईं मानिसहरूलाई चोट लगाईनें छ अनि मारिने छ। तर एक तिहाईं बाँच्नेछन्।

प्रकाश 8:7

पहिलो स्वर्गदूतले तुरही बजाए। तब रगत मिसिएको असिना अनि आगो पृथ्वीमा झर्यो अनि पृथ्वीको एक-तिहाइ अंश अनि सबै हरिया घाँसहरु अनि एक-तिहाइ रुखहरु जले।

प्रकाश 8:10

तेस्रो स्वर्गदूतले आफ्नो तुरही बजाए। तब, राँको बलेको जस्तो एक विशाल तारा आकाशाबाट झार्यो। त्यो तारा एक-तिहाइ अंश नदीहरु अनि पानीको मुलमा खस्यो।

प्रकाश 8:12

चौथो स्वर्गदूतले आफ्ना तुरही बजाए। तब एक-तिहाई अंश सूर्य, एक-तिहाई अंश चन्द्रमा अनि एक-तिहाई अंश ताराहरुमाथि प्रहार भयो। ती जम्मैको एक तिहाई अंश अंध्यारो भयो। दिन अनि रातको पनि एक तिहाई अंश प्रकाशरहित भयो।

प्रकाश 16:3

दोस्रो स्वर्गदूतले समुद्रमा उनको कचौरा खान्याए। तब समुद्र मरेको मानिसको रगत जस्तै बन्यो। समुद्रका हरेक जीवित वस्तु मर्यो।

Interlinear

Choose Theme