Home Bibles ☰ Books प्रकाश 21:17 · नेपाली बाइबल
प्रकाश 21:17 · नेपाली बाइबल

स्वर्गदूतले पर्खाललाई पनि नापे। त्यो एक सय चवालीस हात थियो। यो मानिसहरुको नपाई हो जो स्वर्गदूतले चलाए।

Cross references

व्यवस्था 3:11

बाशानका राजा ओग रपाई मानिसहरूमा बाँचेकाहरूमध्ये एक जना थिए। ओगको पलङ्ग फलामको थियो यो तेह्र फीट लामो अनि छ फीट चौंडाको थियो। अम्मोनीहरू बसोबास गर्ने शहर रब्बामा त्यो पलङ्ग अझसम्म छ।

प्रकाश 7:4

तब मैले, कति जना मानिसहरुलाई चिन्हित गरियो, त्यो सुनें। त्याहाँ एकलाख चवालीस हजार थिए। तिनीहरु इस्राएलका मानिसहरुको हरेक कुल समूहबाट थिए।

प्रकाश 13:18

कोही पनि जसकोमा बुद्धि छ उसले त्यस पशुको संख्या थाहा लगाउनु सक्थ्यो। यहाँ बुद्धिको आवश्यक छ। यो संख्याले मानिसको नाउँ प्रतिनिधित्व गर्छ। यो 666 हो।

प्रकाश 14:3

मानिसहरुले सिंहासन, ती चार सजीव वस्तु अनि धर्म-गुरुहरु अघि एउटा नयाँ गीत गाए। केवल ती मानिसहरु जसले नयाँ गीत सिक्न सके, एक लाख चवालीस हजार थिए जसलाई पृथवीबाट मुक्त गरिएका थिए। अन्य कसैले त्यो गीत सिक्न सकेनन्।

प्रकाश 21:9

सात स्वर्गदूतहरु मध्ये एकजना दूत मेरोमा आए। तिनी स्वर्गदूतहरु मध्येका एक हुन् जसकोमा अन्तिम आखिरी कष्टहरुले भरिएका सात कचौराहरु थिए। ती स्वर्गदूतले भने, “मसित आऊ। म तिमीहरुलाई परमेश्वरको थुमाको दुलही देखाँउछु जो परमेश्वरको थुमाकी पत्नी हो।”

Interlinear

Choose Theme